Nepal Face
  • सोमबार, १८ साउन २०८३
  • सुनकोशीमा खसेको कारसहित ३ जना बेपत्ता, खोजीका लागि गोताखोर परिचालन


    सोमबार, साउन १८ २०८३
    135
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गबाट खसेको कारसहित ३ जना बेपत्ता भएका छन्।

    खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको कारलाई काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले ठक्कर दिएपछि कार सडकबाट अन्दाजी ३० मिटर तल सुनकोशी नदीमा खसेको थियो ।

    उक्त कारमा सवार सिन्धुपाल्चोक बस्ने दिलकुमार लामा, सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–१ बस्ने २८ बर्षिय गणेश थापा र वतन नखुलेका अर्का एक जना समेत वेपत्ता भएका छन् भने बसका चालकलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बेपत्ताको खोजीका लागि गोताखोरसहितको टोली परिचालन भएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश खुर्कोटबाट गोताखोरसहितको टोली परिचालन भएको हो ।

    बेपत्ता कारको खोजीकार्यमा सो वेशबाट सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको कमाण्डमा गोताखोरसहितको टोली र नेपाल प्रहरीको टोली समेत परिचालन भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार