काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको गोलीकाण्डको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ । आयोगले घटनालाई स्वप्रेरणाबाट उजुरीका रूपमा दर्ता गर्दै घटनाको विस्तृत छानबिन अघि बढाएको हो ।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडी तथा आयोगको कोशी प्रदेश कार्यालयका कार्यालय प्रमुख वीरबहादुर बुढामगरसहितको उच्चस्तरीय टोलीले घटनास्थल पुगेर स्थलगत अनुगमन गरेको छ । टोलीले स्थानीय बासिन्दा, सरोकारवाला निकाय तथा सुरक्षा अधिकारीसँग घटनाबारे जानकारी लिएको जनाएको छ ।
आयोगको केन्द्रीय कार्यालय हरिहरभवनको निर्देशनअनुसार अनुसन्धान प्रक्रिया अघि बढाइएको आयोगको कोशी प्रदेश कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख दयाराम पाठकले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई पत्राचार गर्दै घटनासम्बन्धी विस्तृत विवरण सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएका छन् ।
आयोगले घटनाको वास्तविक अवस्था, सुरक्षा निकायको भूमिकासहित मानव अधिकारको अवस्था मूल्याङ्कन गर्न स्थलगत अध्ययनसमेत जारी राखेको जनाएको छ ।
गत साउन १० गते राति देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको झडप हिंसात्मक बनेपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । उक्त घटनामा गोली लागेर दुई जनाको मृत्यु भएको थियो भने अन्य केही व्यक्ति घाइते भएका थिए । आयोगले घटनाका सबै पक्षको निष्पक्ष अनुसन्धान गरी तथ्यमा आधारित प्रतिवेदन तयार पार्ने जनाएको छ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend