Nepal Face
  • सोमबार, १८ साउन २०८३
  • बसको ठक्करबाट सुनकोशीमा खस्यो कार, कारभित्र ४ यात्रु रहेको खुलासा 


    सोमबार, साउन १८ २०८३
    225
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सिन्धुलीस्थित सुनकोशी नदीमा कार खसेको छ । फिक्कल गाउँपालिका–२ नवलपुरबाट सुनकोशी नदीमा कार खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रवीन्द्रबहादुर सिंहले बताए ।

    रामेछाप-सिन्धुली-ओखलढुङ्गाको सिमाना लिखु खोला नजिक सडकमा रोकिरहेको उक्त कार बसको ठक्करबाट सुनकोशीमा खसेको थियो ।

    प्रहरीका अनुसार उक्त कारका धनी तिलकुमार लामा हुन् । लामा मध्यपहाडी (पुष्पलाल) आयोजनाका ठेकेदार हुन् । उनीसहित कारमा चारजना सवार रहेको प्रहरीले जनाएको छ । प्रहरी, जनप्रतिनिधि र स्थानीय घटनास्थलमा खटिए पनि भेलका कारण उद्धार प्रभाावित भएको छ । अहिलेसम्म कोही पनि कारबाट निस्किन नसकेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार