काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य वृद्धि गरेको छ । निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ ।
त्यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ वृद्धि गरिएको छ । अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य काठमाडौँमा प्रतिकिलोलिटर १३१ अमेरिकी डलर बढाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेकइभेन बिन्दुमा मूल्य कायम गरिएको निगमले जनाएको छ ।
निगमले खान पकाउने ग्यासको मूल्य भने यथावत् राखेको जनाएको छ । नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर २०० रुपैयाँ कायम गरिएको छ । डिजेलरमट्टितेलको पनि २०० रुपैयाँ प्रतिलिटर भएको छ ।
निगमका अनुसार पछिल्ला केही महिनायता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढे पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर पूर्ण रूपमा लागतअनुसार मूल्य समायोजन नगरिएको हो ।
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) को नयाँ उपकुलपति नियुक्तिका लागि छनोट तथा सिफारिस समितिले १० जना उम्मेदवारको संक्षिप्त सूची (सर्टलिस्ट)सार्वजनिक गरेको छ। समितिले प्राप्त आवेदनमध्ये...
काठमाडौं । सिन्धुलीस्थित सुनकोशी नदीमा कार खसेको छ । फिक्कल गाउँपालिका–२ नवलपुरबाट सुनकोशी नदीमा कार खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रवीन्द्रबहादुर सिंहले बताए...
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सप्तरीबाट राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा जारी रहेको निषेधाज्ञा सोमबार बिहान १०:०० बजेदेखि पूर्ण रूपमा हटाएको छ। सप्तरीका प्रमुख जिल्ला...
काठमाडौं । विराटनगरको व्यापारिक घराना देवनरा समूहको घर र अफिसमा प्रहरीले छापा मारेको छ । देवनरा समूहको नेतृत्व प्रकाश मुन्दडाले गरिरहेका छन् । अवैध कारोबार...
काठमाडौँ । सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । जिल्लाको लालबन्दी नगरपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गमा सोमबार बिहान गरिएको सवारी जाँचका क्रममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend