Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • हतियारसहित सुस्ता छिरेका भारतीय एसएसबीले भत्काए अस्थायी बाँध, प्रतिकारमा ३ नेपाली घाइते


    आइतबार, साउन १७ २०८३
    590
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन अस्थायी माटोको बाँध (डिल) हटाउने क्रममा स्थानीय बासिन्दा र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बीच विवाद भएको छ।

    सुस्ता गाउँपालिकाको वडा नम्बर ५ मा निर्माणाधीन बाँधसमेत उनीहरूले भत्काइदिएको स्थानीय रवीन्द्र जैसवालले बताए ।

    भारतीय सुरक्षा फौज ५०-६० जनाको समूहमा दुई देशको सीमा स्तम्भ माानिएको सिमली रुखभन्दा ३-४ सयमिटर वरसम्म प्रवेश गरेको सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमले जानकारी दिए ।

    स्थानीयका अनुसार सुस्ता गाउँपालिका-५ स्थित थारु टोल क्षेत्रमा निर्माण भइरहेको करिब १३२ मिटर लामो माटोको कच्ची बाँध भारतीय एसएसबीका सुरक्षाकर्मीले हटाएका थिए। त्यसपछि स्थानीय बासिन्दाले त्यसको विरोध गरेका थिए।

    स्थानीयले प्रतिकार गर्दा हतियारधारी फौजसँग केहीबेर विवाद र झडपसमेत भएको छ । सोक्रममा ३ जना नेपाली घाइते भएको जैसवालले बताए ।

    एसएसबी र नेपालीबीच तनाव उत्पन्न भएपछि सशस्त्र प्रहरी बलको टोली पनि घटनास्थल पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार