काठमाडौँ । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन अस्थायी माटोको बाँध (डिल) हटाउने क्रममा स्थानीय बासिन्दा र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बीच विवाद भएको छ।
सुस्ता गाउँपालिकाको वडा नम्बर ५ मा निर्माणाधीन बाँधसमेत उनीहरूले भत्काइदिएको स्थानीय रवीन्द्र जैसवालले बताए ।
भारतीय सुरक्षा फौज ५०-६० जनाको समूहमा दुई देशको सीमा स्तम्भ माानिएको सिमली रुखभन्दा ३-४ सयमिटर वरसम्म प्रवेश गरेको सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमले जानकारी दिए ।
स्थानीयका अनुसार सुस्ता गाउँपालिका-५ स्थित थारु टोल क्षेत्रमा निर्माण भइरहेको करिब १३२ मिटर लामो माटोको कच्ची बाँध भारतीय एसएसबीका सुरक्षाकर्मीले हटाएका थिए। त्यसपछि स्थानीय बासिन्दाले त्यसको विरोध गरेका थिए।
स्थानीयले प्रतिकार गर्दा हतियारधारी फौजसँग केहीबेर विवाद र झडपसमेत भएको छ । सोक्रममा ३ जना नेपाली घाइते भएको जैसवालले बताए ।
एसएसबी र नेपालीबीच तनाव उत्पन्न भएपछि सशस्त्र प्रहरी बलको टोली पनि घटनास्थल पुगेको छ ।
काठमाडौँ । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति सुरक्षा कायम गर्न सामूहिक प्रतिबद्धता जनाइएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा...
काठमाडौँ। ब्रड पिकमा गएको हिमपहिरोमा परेका थप तीन जनाको शव पहिचान भएको छ। विश्व प्रख्यात आरोही निर्मल पुर्जा (निम्स दाइ)सँगै नीमा शेर्पा, किली पेम्बा शेर्पा...
काठमाडौं। थाइल्याण्डबाट नेपाल ल्याएको ११ किलो गाँजासहित तीनजना भारतीय नागरिक पक्राउ परेका छन्। थाइल्यान्डबाट नेपालमा लागुऔषध तस्करी गर्न सक्ने शंकास्पद यात्रुको प्रोफाइलिङ गर्ने क्रममा उनीहरू...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक साउन २४ गते बस्ने गरि बोलाइएको छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार केन्द्रीय समिति...
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा १७ वटा उजुरी परेको छ । प्राप्त उजुरीका सम्बन्धमा छलफल गर्न समितिले सोमबार बैठक राखेको छ । दिउँसो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend