काठमाडौँ । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति सुरक्षा कायम गर्न सामूहिक प्रतिबद्धता जनाइएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा आज धनगढीमा भएको सर्वपक्षीय बैठकमा सरोकार भएकाहरूले सदियौँदेखि मिलेर बसेको समाजमा कुनै प्रकारका अवाञ्छित गतिविधि हुन नदिन मिलेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।
बैठकमा राजनीतिक दल, हिन्दु, मुस्लिम, इसाईलगायत धार्मिक तथा सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले आ(आफ्नो क्षेत्रमा सामाजिक सद्भाव तथा सार्वजनिक हितका लागि क्रियाशील रहने बताए ।
प्रमुख जिल्ला अधिकारी रेग्मीले पूर्वी नेपाल र तराई(मधेसका केही जिल्लामा धार्मिक सद्भावविरोधी गतिविधि बढिरहेकाले त्यसको प्रभाव पर्न नदिन कैलालीमा उच्च सतर्कता अपनाइएको बताए । उनले सीमा क्षेत्रबाट हुने शंकास्पद गतिविधि र आवतजावत तथा जोखिम हुनसक्ने क्षेत्रमा प्रशासनले निगरानी गरिरहेको जानकारी दिँदै यसमा सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।
हिन्दु, मुस्लिम र इसाई धर्मका अगुवाहरूले आफ्नो समुदायका व्यक्तिबाट कुनै पनि गलत क्रियाकलाप हुन नदिन आफूहरू सचेत रहेका तथा गलत कार्य गर्नेलाई कानुनअनुसार कारबाही हुनुपर्नेमा जोड दिए । बैठकले जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा वडाध्यक्षको समन्वयमा उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका स्तरमा अन्तरधार्मिक तथा सामाजिक सद्भाव समन्वय समिति गठन वा पुनर्गठन गरी प्रभावकारी रूपमा परिचालन गर्ने निर्णय गरेको छ ।
यस्तै, कुनै एउटा धार्मिक समुदायको मात्र प्रतिनिधित्व हुने गरी सकेसम्म धार्मिक सभा, जुलुस वा अन्य कार्यक्रम नगर्ने तथा गर्नै परे पूर्वस्वीकृति लिने, धार्मिक गतिविधिका क्रममा हतियार, लाठी, भालालगायतका सामग्री प्रदर्शन वा प्रयोग नगर्ने र अर्को समुदायको धार्मिक आस्थामा आघात पुग्ने गतिविधि नगर्ने सहमति भएको छ । कुनै व्यक्ति वा संस्थाले धार्मिक समुदायको बदनाम हुने गरी सामाजिक सञ्जाल वा अन्य माध्यमबाट भ्रामक, उत्तेजक वा द्वेष फैलाउने सामग्री प्रचार–प्रसार गरे कानुनबमोजिम कारबाही गर्ने बैठकले निर्णय गरेको छ ।
यसैगरी, जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन छिमेकी मुलुकबाट नेपाल प्रवेश गर्ने सम्पूर्ण यात्रुलाई अनिवार्य रूपमा परिचय खुल्ने परिचयपत्र देखाएर मात्र प्रवेश गर्न दिने र स्थानीय प्रशासनले सीमामा उच्च निगरानी गर्ने जनाइएको छ ।
यस्तै, कैलाली उद्योग वाणिज्य संघको अगुवाइमा शान्ति, सद्भाव, आपसी सम्मान र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्न राजनीतिक दल, धार्मिक समुदाय, व्यावसायिक संघ-संस्था, सञ्चारकर्मी, बुद्धिजीवी, नागरिक समाज तथा आमनागरिकको सहभागितामा सोमबार नागरिक सद्भाव र्याली आयोजना गर्ने निर्णय गरिएको छ ।
काठमाडौँ । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन अस्थायी माटोको बाँध (डिल) हटाउने क्रममा स्थानीय बासिन्दा र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बीच विवाद भएको छ। सुस्ता...
काठमाडौँ। ब्रड पिकमा गएको हिमपहिरोमा परेका थप तीन जनाको शव पहिचान भएको छ। विश्व प्रख्यात आरोही निर्मल पुर्जा (निम्स दाइ)सँगै नीमा शेर्पा, किली पेम्बा शेर्पा...
काठमाडौं। थाइल्याण्डबाट नेपाल ल्याएको ११ किलो गाँजासहित तीनजना भारतीय नागरिक पक्राउ परेका छन्। थाइल्यान्डबाट नेपालमा लागुऔषध तस्करी गर्न सक्ने शंकास्पद यात्रुको प्रोफाइलिङ गर्ने क्रममा उनीहरू...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक साउन २४ गते बस्ने गरि बोलाइएको छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार केन्द्रीय समिति...
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा १७ वटा उजुरी परेको छ । प्राप्त उजुरीका सम्बन्धमा छलफल गर्न समितिले सोमबार बैठक राखेको छ । दिउँसो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend