Nepal Face
  • आइतबार, १७ साउन २०८३
  • गोलबजार क्षेत्रमा ९ घण्टाका लागि कर्फ्यु खुकुलो पारियो


    आइतबार, साउन १७ २०८३
    95
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । गोलबजार नगरपालिका बजार क्षेत्रमा जारी कर्फ्यु आदेश आज बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालय सिरहाले खुकुलो गरेको छ ।

    जारी आदेशमा सुरक्षा अवस्थाको विश्लेषणपछि आइतबार बिहान १० बजेदेखि राति ७ बजेसम्म कर्फ्यु खुकुलो पारिएको उल्लेख छ ।

    प्रशासनले स्थानीय परिस्थितिको थप मूल्यांकनपछि कर्फ्यु थप खुकुलो पार्ने वा पूर्ण रूपमा हटाउने सम्बन्धमा पुनः सूचना जारी गर्ने जनाएको छ ।कर्फ्यु खुकुलो गरिएको अवधिमा गोल बजार क्षेत्र हुँदै सञ्चालन हुने लामो दूरीका सवारीसाधनलाई आवश्यक सहजीकरण गरिने बताइएको छ ।

    कर्फ्यु खुकुलो रहेको समयमा पाँच जनाभन्दा बढी व्यक्तिको समूहमा भेला हुन नपाइने भन्दै प्रशासनले सबैलाई उक्त व्यवस्था पालना गर्न आग्रह गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार