काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध आक्रमण अस्थायी रूपमा रोकिएको घोषणा गरेका छन्।
उनले आज (आइतबार) सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत शान्ति सम्झौतालाई अन्तिम रूप दिइएको दाबी पनि गरेका छन्।
ट्रम्पले लेखेका छन्, ‘संयुक्त राज्य अमेरिकासँग दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठुलो सैन्य शक्ति छ र इरानविरुद्ध कारबाही गर्न सक्षम छ। यद्यपि इरान र मध्यपूर्वका अन्य केही देशले आक्रमण रोक्न अनुरोध गरेका छन्, किनभने सम्झौताको ढाँचालाई अन्तिम रूप दिइएको छ।’
उनको दाबीअनुसार प्रस्तावित सम्झौतामा हर्मुज स्ट्रेटको तत्काल, पूर्ण र निर्बाध खुला गर्नुपर्नेछ। साथै इरानको आणविक खतरा अन्त्य गर्ने कुरा पनि समावेश हुनेछ।
ट्रम्पले भनेका छन्, ‘विश्वको भविष्य र इरानको स्थिरता र समृद्धिलाई ध्यानमा राख्दै हामीले आक्रमण रद्द गर्ने निर्णय गरेका छौँ।’
ट्रम्पले यो निर्णयमा इजरायलले पनि समर्थन गर्ने दाबी गरेका छन्। ट्रुथ सोसल पोस्टमार्फत उनले सबै पक्षलाई सम्झौता चाँडै पूरा गर्न आग्रह पनि गरेका छन्।
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा १७ वटा उजुरी परेको छ । प्राप्त उजुरीका सम्बन्धमा छलफल गर्न समितिले सोमबार बैठक राखेको छ । दिउँसो...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मुलुकमा अब कुनैपनि प्रकारको धार्मिक द्वन्द्व हुन नहुने बताएका छन् । धनुषामा हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षसँगको छलफलपछि...
काठमाडौँ । गोलबजार नगरपालिका बजार क्षेत्रमा जारी कर्फ्यु आदेश आज बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालय सिरहाले खुकुलो गरेको छ...
काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा १ हजार ८०० रुपैयाँले घटेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार...
काठमाडौं । सप्तरी जिल्ला प्रशासन कार्यालय राजबिराजले अत्यावश्यक सामग्री खरिद गर्नका लागि आज बिहान ७ देखि ११ बजेसम्म दैनिक उपभोग्य सामग्री खरिद बिक्री गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend