काठमाडौं । सप्तरी जिल्ला प्रशासन कार्यालय राजबिराजले अत्यावश्यक सामग्री खरिद गर्नका लागि आज बिहान ७ देखि ११ बजेसम्म दैनिक उपभोग्य सामग्री खरिद बिक्री गर्न कर्फ्यु खुकुलो पारेको छ ।
तोकिएको समयपछि कर्फ्यू पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न सप्तरी जिल्ला प्रशासनले आग्रह गरेको छ । यस्तै कार्यालयको अनुमती लिइ सद्वभाव र्याली गर्ने प्रयोजनको लागी कर्फ्यू आदेश केही खुकुलो गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार सो समयावधिभित्र हुलदंगा वा अशान्ति फैलाउन वा अन्य कुनै उदेश्यले एकै ठाउँमा पाँचजना भन्दा बढी मानिस भेला जम्मा भई उछ्शृङ्खल गतिविधि गरेरगराइएको पाइएमा कानुन बमोजिम कारबाही हुने जनाएको छ ।
सप्तरीको बोदेबरसाईनमा गत साउन १४ गते राति १० बजेदेखि र राजबिराजमा १५ गते ८ बजेदेखि प्रमुख जिल्ला अधिकारीबाट कर्फ्यूको आदेश जारी गरिएको थियो ।
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा १७ वटा उजुरी परेको छ । प्राप्त उजुरीका सम्बन्धमा छलफल गर्न समितिले सोमबार बैठक राखेको छ । दिउँसो...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मुलुकमा अब कुनैपनि प्रकारको धार्मिक द्वन्द्व हुन नहुने बताएका छन् । धनुषामा हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षसँगको छलफलपछि...
काठमाडौँ । गोलबजार नगरपालिका बजार क्षेत्रमा जारी कर्फ्यु आदेश आज बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालय सिरहाले खुकुलो गरेको छ...
काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा १ हजार ८०० रुपैयाँले घटेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध आक्रमण अस्थायी रूपमा रोकिएको घोषणा गरेका छन्। उनले आज (आइतबार) सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत शान्ति सम्झौतालाई अन्तिम रूप दिइएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend