Nepal Face
  • बिहिबार, १४ साउन २०८३
  • गृहमन्त्री गुरुङ सुनसरी जाँदै, दुवै मृतकका परिवारलाई भेट्ने 


    बिहिबार, साउन १४ २०८३
    160
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ आजै सुनसरी जाँदैछन् । उनले सुनसरी पुगेर सुनसरी घटनामा ज्यान गुमाएका दुवै व्यक्तिको परिवारलाई भेट्ने भएका छन् ।

    मन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र सोही झडपमा घाइते भई उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गर्नेछन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गुरुङसँगै स्वास्थ्यमन्त्री निशा मेहता पनि सुनसरी जानेछिन् । सुनसरी मन्त्री मेहताको गृहजिल्ला हो ।

    केहीबेरअघि तराईका घटनाका विषयमा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री गुरुङबीच छलफल भएको थियो । उक्त छलफलपछि गृहमन्त्री गुरुङ सुनसरीस्थित देवानगञ्ज गाउँपालिका(३ स्थित कप्तानगञ्ज जान लागेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार