Nepal Face
  • बिहिबार, १४ साउन २०८३
  • प्रदर्शनका कारण जनकपुरको स्थिति तनावग्रस्त, प्रशासन कार्यालयद्वारा कर्फ्यू आदेश जारी 


    बिहिबार, साउन १४ २०८३
    145
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रदर्शनका कारण जनकपुरको स्थिति तनावग्रस्त बनेको छ। यही साउन १० गते सुनसरीमा भएको घटनाबाट प्रभावित हुदैँ जनकपुरमा आज बिहान देखि स्थानीयले प्रदर्शन सुरू गरेको थियो।

    प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर उपमहानगरपालिकाभित्र कर्फ्यू आदेश जारी गरेको छ। प्रशासनले बिहीबार दिउँसो साढे ३ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

    धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जनकपुरधाम उपमहानगरपालिकासबै भाग, लक्ष्मीनिया गाउँपालिका र नगराईन नगरपालिका क्षेत्रका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार