काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले मुलुकमा धार्मिक असहिष्णुता र साम्प्रदायिक तनाव बढ्दै गएको भन्दै सरकारको आलोचना गरेकी छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद ओलीले सुनसरीमा भएको घटनाको निष्पक्ष र वस्तुनिष्ठ छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरेकी हुन्।
सांसद ओलीले सुनसरीको घटनालाई सत्तारुढ दलहरूले दुस्खद् र संवेदनशील भने पनि घटनाको प्रकृति र पृष्ठभूमिका बारेमा मौन बसेको आरोप लगाइन् ।
बोलबम धार्मिक यात्राका क्रममा हिन्दु धर्मावलम्बीहरूमाथि गोली प्रहार भएको, ओमप्रकाश मेहताको मृत्यु भएको र दर्जनौँ घाइते भएको तथ्यलाई सरकारले स्पष्ट रूपमा स्वीकार गर्न डराएको उनको भनाइ छ ।
प्रधानमन्त्रीले अनुसन्धान हुनु पूर्व नै सामाजिक सञ्जालमार्फत गोली चलेको विषयमा दिएको अभिव्यक्ति अपरिपक्व भएको उनले टिप्पणी गरिन् । उनले मोरङ जिल्ला प्रशासन कार्यालयले धार्मिक अनुष्ठानका क्रममा ध्वनि नियन्त्रणका लागि जारी गरेको सूचनाप्रति पनि आपत्ति जनाइन्।
एउटा निश्चित धर्म र पुराणलाई मात्र लक्षित गरेर ल्याइएको यस्ता सूचनाले समाजमा इगो (अहंकार) पैदा गर्ने र यसले प्रशासनिक अपरिपक्वता झल्काउने उनको तर्क छ ।
उनले भनिन्, ‘बोलबम यात्रा नेपालको धार्मिक तथा सांस्कृतिक परम्पराको अभिन्न हिस्सा हो । गोली कसले र कसको आदेशमा चलायो रु जिल्ला प्रशासन, प्रहरी र प्रधानमन्त्रीको अभिव्यक्तिमा किन विरोधाभास छ रु यो गम्भीर विषय हो । संवैधानिक राजसंस्थासहितको हिन्दु राष्ट्र रहँदा नेपाल आजको तुलनामा बढी सहिष्णु र सन्तुलित थियो । यो तथ्यलाई भावनाले मात्र होइन, गम्भीर बहस र प्रमाणका आधारमा समीक्षा गरिनुपर्छ ।
सांसद ओलीले नेपाल धर्मनिरपेक्ष राष्ट्र बनेयता धार्मिक द्वन्द्व र असहिष्णुता बढेको दाबी गरिन्। बाह्य स्रोतको लगानीमा भइरहेको धर्मान्तरण र रोहिंग्या तथा पाकिस्तानी शरणार्थीहरूको अनियन्त्रित प्रवेशले मुलुकको राष्ट्रिय सुरक्षामा चुनौती थपेको उल्लेख गरिन् । सुरक्षा निकायका उच्च अधिकारीहरूले समेत यस विषयमा चिन्ता व्यक्त गरिसकेकाले सरकारले यस्ता संवेदनशील मुद्दामा ध्यान दिनुपर्ने उनको माग छ
काठमाडौं । सुनसरीको देवानगंजमा बोलबम यात्राका क्रममा दुई समुदायबीच झडप भई २ जनाको मृत्यु भएको तीन दिनपछि प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गरेका...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्त नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार नेपालको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ आजै सुनसरी जाँदैछन् । उनले सुनसरी पुगेर सुनसरी घटनामा ज्यान गुमाएका दुवै व्यक्तिको परिवारलाई भेट्ने भएका छन् । मन्त्री गुरुङले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशवासीका नाममा विशेष सम्बोधन गर्ने तयारी गरेका छन्। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार बिहीबार साँझ सम्बोधन गर्ने तयारी भइरहेको भए पनि...
सिरहा । सिरहाको लहान क्षेत्रमा पनि कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय, सिरहाले जारी गरेको विज्ञप्ति अनुसार दिउँसो ४ बजेदेखि अर्को सूचना...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend