Nepal Face
  • बुधबार, १३ साउन २०८३
  • चिकित्सक आन्दोलन समाधानका लागि तत्काल वार्ता थाल्न एमालेको आग्रह


    बुधबार, साउन १३ २०८३
    55
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा (एमाले) ले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका माग सम्बोधन गर्न सरकारलाई तत्काल संवादको पहल गर्न आग्रह गरेको छ ।

    चिकित्सकहरूको आन्दोलनका कारण स्वास्थ्य सेवा प्रभावित भइरहेको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै एमालेले सरकारको भूमिका प्रभावकारी नभएको टिप्पणी गरेको हो ।

    एमालेले सार्वजनिक गरेको विज्ञप्तिमा स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील विषयमा देखिएको असहज परिस्थितिलाई गम्भीरतापूर्वक लिनुपर्ने उल्लेख गर्दै सरकारलाई जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरिएको छ ।

    पार्टीले चिकित्सक तथा स्वास्थ्यकर्मीको पेशागत अधिकार र कार्यस्थल सुरक्षाको सुनिश्चितता गर्नुपर्ने माग राखेको छ । स्वास्थ्य सेवा नियमित बनाउन तथा समस्या समाधानका लागि आन्दोलनरत पक्षसँग वार्ता र सहमतिका माध्यमबाट अघि बढ्नुपर्ने एमालेको सुझाव छ ।

    एमालेले नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा दीर्घकालीन समाधान खोज्न सरकार, स्वास्थ्यकर्मी र सम्बन्धित पक्षबीच समन्वय आवश्यक रहेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार