Nepal Face
  • बुधबार, १३ साउन २०८३
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू


    बुधबार, साउन १३ २०८३
    55
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ ।

    सरकारका प्रवक्ता सस्मित पोखरेलले मुख्य मुख्य निर्णयहरू बैठकलगत्तै सार्वजनिक गरेका हुन् ।

    उनका अनुसार आजको मन्त्रिपरिषद् बैठकले विभिन्न ९ विधेयक संघीय संसद्‌मा पेश गर्न स्वीकृत दिने लगायतका निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्का सार्वजनिक गरिएका निर्णय:

    १) देहायका विधेयकहरू संघीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने:

    संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक।

    खानी तथा खनिज पदार्थसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक।

    संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक।

    राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक।

    मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक।

    बालश्रम निषेध तथा नियमित गर्न बनेको विधेयक।

    आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक।

    मेलमिलाप सम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक।

    कर्मचारी सञ्चय कोष ऐन, २०१९ लाई संशोधन गर्न बनेको विधेयक।

    २) सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने।

    ३) समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा खेटराज दाहाल (सिन्धुली)लाई मनोनयन गर्ने।

    ४) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ लाई स्वीकृत गर्ने।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार