Nepal Face
  • बुधबार, १३ साउन २०८३
  • पर्साको प्रहरी प्रमुखमा एसपी पवन भट्टराई, सुदीपराज पाठक काठमाडौँ तानिए


    बुधबार, साउन १३ २०८३
    130
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल प्रहरीले पर्सा जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईलाई दिएको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत रहेका भट्टराईलाई पर्सा सरुवा गरिएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी अविनारायण काफ्लेले जानकारी दिएका छन्।

    वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछिको घटनाक्रमका बीच एसपी पाठकसँग सम्बन्धित भिडियो सार्वजनिक भएको थियो। त्यसपछि चिकित्सकमाथि भएको दुर्व्यवहारको घटनाबारे छलफल गर्न गठित चिकित्सकको वार्ता टोलीले एसपी पाठकको सरुवालाई आफ्नो प्रमुख मागमध्ये एक बनाएको थियो। सोही पृष्ठभूमिमा नेपाल प्रहरीले पर्साको प्रहरी नेतृत्वमा परिवर्तन गरेको हो।

    यसअघि पर्साको प्रहरी प्रमुख रहेका एसपी सुदीपराज पाठकलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ।

    यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखको जिम्मेवारी एसपी दानबहादुर थापालाई दिइएको छ। थापा यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार