काठमाडौँ । नेपाल प्रहरीले पर्सा जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईलाई दिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत रहेका भट्टराईलाई पर्सा सरुवा गरिएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी अविनारायण काफ्लेले जानकारी दिएका छन्।
वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछिको घटनाक्रमका बीच एसपी पाठकसँग सम्बन्धित भिडियो सार्वजनिक भएको थियो। त्यसपछि चिकित्सकमाथि भएको दुर्व्यवहारको घटनाबारे छलफल गर्न गठित चिकित्सकको वार्ता टोलीले एसपी पाठकको सरुवालाई आफ्नो प्रमुख मागमध्ये एक बनाएको थियो। सोही पृष्ठभूमिमा नेपाल प्रहरीले पर्साको प्रहरी नेतृत्वमा परिवर्तन गरेको हो।
यसअघि पर्साको प्रहरी प्रमुख रहेका एसपी सुदीपराज पाठकलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ।
यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखको जिम्मेवारी एसपी दानबहादुर थापालाई दिइएको छ। थापा यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत थिए।
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
काठमाडौं। नेपालले ‘गाभी, द भ्याक्सिन एलायन्स’बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको...
चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा ट्रक, बस र माइक्रोबस एकापसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा सर्लाहीबाट काठमाडौं आउँदै...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend