Nepal Face
  • बुधबार, १३ साउन २०८३
  • सभामुख अर्यालले गरे दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता


    बुधबार, साउन १३ २०८३
    90
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सभामुख डीपी अर्यालले सरकार तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन्।

    सभामुख अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह, नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा, विपक्षी दलका नेता भीष्मराज आङदेम्बे र नेपाल कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनसँग छुट्टाछुट्टै छलफल गरेका हुन्।

    भेटका क्रममा प्रतिनिधि सभाको कामकारबाहीलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

    संसद्को बैठक सञ्चालन, सहकार्य र समन्वयलाई प्रभावकारी बनाउने विषयमा सभामुखले राजनीतिक दलका नेताहरूसँग सुझाव तथा धारणा आदान(प्रदान गरेको जनाइएको छ।

    यसअघि सभामुख अर्यालले विभिन्न दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग समेत छलफल गरेका थिए। संसद्को आगामी गतिविधिलाई सहज र मर्यादित रूपमा अघि बढाउने उद्देश्यले उनले राजनीतिक दलहरूसँग निरन्तर संवादलाई प्राथमिकता दिइरहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार