Nepal Face
  • बुधबार, १३ साउन २०८३
  • कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले शपथ 


    बुधबार, साउन १३ २०८३
    40
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले शपथ लिएका छन् ।

    मुख्यमन्त्री शाहीले बुधबार वीरेन्द्रनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहकाबीच प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेतासमेत रहेका शाही मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    ४० सदस्यीय कर्णाली प्रदेश सभामा कांग्रेसका १५ जना, नेकपाका १४, एमालेका सभामुखसहित १० र राप्रपाका एक प्रदेशसभा सदस्य रहेका छन् । प्रदेश सरकार बनाउनका लागी २१ सांसदको आवश्यक पर्छ । कर्णालीमा नेकपा र एमालेका २४ सांसद रहेका छन् ।

    साउन ९ गते नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट गर्ने सहमति भएको थियो । सहमतिअनुसार कर्णाली सरकारको नेतृत्व गर्ने अवसर नेकपालाई जुरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार