काठमाडौं । संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूले सुनसरी घटनाको शान्तिपूर्ण रुपमा संवादबाट समाधान गर्न अपिल गरेका छन् ।
सर्वदलीय बैठकपछि जारी वक्तव्यमा उनीहरुले लोकतान्त्रिक व्यवस्थामा उत्पन्न जुनसुकै जटिल असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्र सम्भव उल्लेख गर्दै सबै पक्षलाई संयमता आफ्ना माग शान्तिपूर्ण रूपमा राख्न अनुरोध गरेका छन् ।
रास्वपाका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले लोकतन्त्रमा उत्पन्न हुने जुनसुकै जटिल असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवादबाट हुने उल्लेख गरेका छन् ।
वक्तव्यमा पछिल्ला घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ भने घाइते नागरिक र सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
बैठकले नेपालको विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्वको परम्परा जोगाउन कुनै पनि प्रकारका उत्तेजना र अवाञ्छित गतिविधिमा संलग्न नहुन आम नागरिकलाई आग्रह गरेको छ।
आवेग र मुठभेडले समस्या समाधान नगरी थप जटिलता सिर्जना गर्ने भएकाले सबै पक्ष संयमित हुनुपर्नेमा जोड दिइएको छ।
शान्ति र सामाजिक सद्भाव कायम राख्न प्रदेश, जिल्ला तथा स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न तथा नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न राजनीतिक दलका विभिन्न तहका समितिलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ।
स्थानीय तहमा धार्मिक अगुवा, नागरिक समाज र प्रशासनसँग समन्वय गरेर शान्ति कायम राख्न सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याइएको छ।
भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन राजनीतिक दलहरूको केन्द्रीय तहले आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
संयुक्त वक्तव्यमा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना, अफवाह र घृणास्पद अभिव्यक्तिले परिस्थिति थप जटिल बनाउन सक्ने उल्लेख गर्दै आम नागरिकलाई सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न तथा सञ्चारमाध्यमलाई तथ्यपरक र संयमित सूचना सम्प्रेषण गर्न आग्रह गरिएको छ।

चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा ट्रक, बस र माइक्रोबस एकापसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा सर्लाहीबाट काठमाडौं आउँदै...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend