काठमाडौँ। कपिलवस्तुको महाराजगंज नगरपालिका गैडवा चोकमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ। ना ५ ख २३६४ नम्बरको ट्कको ठक्करबाट सडक किनारमा साइकल बनाउँदै गरेका २ सर्वसाधारण र १ बालकको मृत्यु भएको हो।
मृत्यु हुनेहरूमा महाराजगंज नगरपालिका ३ गनवरियनका ७० वर्षीय र्घोल्लर कुर्मी र ४५ वर्षीय विजय कुमार गुप्ता रहेका छन्। यसैगरी सोही ट्रकको ठक्करबाट महाराजगंज नगरपालिकाका स्थानीय १२ वर्षीय बालक आनन्द कश्यपको पनि मृत्यु भएको छ।
मृतक ३ जनाको शव जिल्ला अस्पताल तौलिहवामा राखिएको प्रहरीले जनाएको छ। ट्रक चालक प्रहरी नियन्त्रणमा छन्। अहिले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले शपथ लिएका छन् । मुख्यमन्त्री शाहीले बुधबार वीरेन्द्रनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहकाबीच प्रदेश प्रमुख यज्ञराज...
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको वार्षिक कार्यक्रम तथा बजेट...
काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा सेफ्टी ट्यांकीभित्र फसेर तीन जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, बुधबार बिहान ९ बजेको समयमा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बैठक सुरु भएको हो । चितवनमा सम्पन्न...
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र (बालेन)शाहले मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री शाहले बुधबार अपरान्ह ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend