काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई भारतले भ्रमणका लागि निम्तो पठाएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धिर जैसवालले प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि निम्त्याएको बताएका छन्। भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मंगलबार सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तरमा प्रवक्ता जैसवालले नेपालका प्रधानमन्त्रीलाई निम्ता पठाइएको बताएका हुन्।
जैसवाललाई नेपालबाट विशेष दूतले भारतको भ्रमण गरेको विषयमा पनि प्रश्न सोधिएको थियो। त्यसबारे आफूलाई सूचना नभएको उनले बताएका छन्।
भारतले नेपालका प्रधानमन्त्रीलाई निमन्त्रणा पठाएको छ कि छैन भन्ने प्रश्नमा जैसवालले भने, ‘हो, नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्ता पठाइएको छ।’
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
काठमाडौं। नेपालले ‘गाभी, द भ्याक्सिन एलायन्स’बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको...
चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा ट्रक, बस र माइक्रोबस एकापसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा सर्लाहीबाट काठमाडौं आउँदै...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend