काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा व्यापार तथा पूर्वाधार क्षेत्र हेर्ने सल्लाहकारका रूपमा चितवनका विवेक राज कँडेललाई नियुक्त गरेका छन्।
मन्त्रालयका अनुसार कँडेलले विशिष्ट श्रेणीको सल्लाहकारको जिम्मेवारी सम्हाल्दै नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, ऊर्जा नीति निर्माण, आन्तरिक ऊर्जा क्षेत्रको सुधार तथा निजी लगानी प्रवर्द्धनका विषयमा रणनीतिक सुझाव दिनेछन्।
उनले ऊर्जा व्यापार विस्तार, क्षेत्रीय ऊर्जा बजारसँग नेपालको समन्वय तथा ऊर्जा पूर्वाधार विकासलाई प्रभावकारी बनाउने कार्यमा समेत परामर्शदाताको भूमिका निर्वाह गर्ने बताइएको छ।
कँडेलले त्रिभुवन विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ अध्ययन गरेका छन्। उनले अमेरिकाको हार्वर्ड विश्वविद्यालयअन्तर्गत केनेडी स्कुल अफ गभर्मेन्टबाट जलवायु, ऊर्जा रूपान्तरण र नेतृत्वसम्बन्धी विशेषज्ञतासहित सार्वजनिक प्रशासनमा स्नातकोत्तर ९एमपीए० गरेका छन्। साथै, नेदरल्यान्ड्सस्थित युनिभर्सिटी अफ टुवान्टेबाट ऊर्जा व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्।
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
काठमाडौं। नेपालले ‘गाभी, द भ्याक्सिन एलायन्स’बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको...
चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा ट्रक, बस र माइक्रोबस एकापसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा सर्लाहीबाट काठमाडौं आउँदै...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend