काठमाडौँ। चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिन बजार नजिक पहिरो खस्दा अवरुद्ध भएको मुग्लिन(नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा आएको छ।
मंगलबार बिहान करिब साढे ८ बजे सडकमाथिबाट अचानक पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरोका कारण दुवैतर्फ सवारीसाधन रोकिँदा यात्रुहरू केही समय बाटोमै अलपत्र परेका थिए भने सडकको दुवैतर्फ सवारीको जाम लागेको थियो।
पहिरो खसेलगत्तै सडक डिभिजन कार्यालय, सुरक्षा निकाय तथा सम्बन्धित निकायको समन्वयमा डोजर प्रयोग गरी पहिरो पन्छाउने काम सुरु गरिएको थियो। करिब तीन घण्टाको प्रयासपछि सडकमा थुप्रिएको ढुंगा र माटो हटाइएपछि सडक पुनः दुवैतर्फबाट सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ।
हाल यस सडकखण्डमा सवारीसाधनको आवागमन सामान्य बन्दै गएको प्रहरीले जनाएको छ। यद्यपि वर्षायामका कारण यस क्षेत्रमा पुनः पहिरो खस्ने जोखिम रहेकाले अत्यावश्यक सतर्कता अपनाएर यात्रा गर्न तथा सम्बन्धित निकायको सूचना पालना गर्न प्रहरीले चालक तथा यात्रुलाई आग्रह गरेको छ।
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
काठमाडौं। नेपालले ‘गाभी, द भ्याक्सिन एलायन्स’बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको...
चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा ट्रक, बस र माइक्रोबस एकापसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा सर्लाहीबाट काठमाडौं आउँदै...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend