काठमाडौँ । सार्वजनिक खरिद ऐनमा गरिएको पछिल्लो संशोधनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
अधिवक्ताद्वय अनन्तराज लुइँटेल र रामप्रसाद पुडासैनीले संशोधित कानुनी व्यवस्थालाई चुनौती दिँदै सर्वोच्चमा पूरक रिट निवेदन दर्ता गराएका हुन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिएका छन्।
रिट निवेदकहरूले संशोधनमार्फत सार्वजनिक खरिदसम्बन्धी टेन्डर आह्वान गर्दा पत्रपत्रिकामा सूचना प्रकाशन गर्नुपर्ने पुरानो व्यवस्था हटाइएको भन्दै त्यसले सञ्चार क्षेत्रलाई समेत असर पार्न सक्ने दाबी गरेका छन्।
उनीहरूले कानुनी परिवर्तनका कारण सञ्चारमाध्यमको आर्थिक स्थायित्वमा प्रतिकूल प्रभाव पर्न सक्ने तथा सार्वजनिक सूचना प्रवाहको व्यवस्थामाथि समेत प्रश्न उठेको जिकिर गरेका छन्।
सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिटमा उठाइएका संवैधानिक विषयमाथि अब संवैधानिक इजलासबाट सुनुवाइ हुनेछ।
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
काठमाडौं। नेपालले ‘गाभी, द भ्याक्सिन एलायन्स’बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको...
चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा ट्रक, बस र माइक्रोबस एकापसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा सर्लाहीबाट काठमाडौं आउँदै...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend