Nepal Face
  • बुधबार, १३ साउन २०८३
  • लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु, आमा-छोरी घाइते 


    मंगलबार, साउन १२ २०८३
    145
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • गोरखा । लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेशीमा पहिरोले धन्सार घर भत्काउँदा पुरिएर बुबा र छोरीको मृत्यु भएको छ ।

    मंगलबार बिहान करिब साढे दुई बजेको समयमा चितिखोलाबाट भाटवेशी ल्याएको कुलो भत्किएर स्थानीय बिष्णुदत्त सुवेदीको ढुंगा माटोले बनेको दुई तले कच्ची धन्सारमा क्षति पुगेको हो ।

    मृत्यु हुनेमा ५१ वर्षीय टिकाबहादुर बिक र उनकी कान्छी छोरी १५ वर्षीया बिनिता बिक रहेको जिल्ला प्रहरी कार्यायल लमजुङले जनाएको छ ।

    पहिरोमा परी टिकाबहादुरकी श्रीमती ५० वर्षीया सुकमाया र जेठी छोरी १६ वर्षीय अस्मिता घाइते छन् । उनीहरुको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार