Nepal Face
  • बुधबार, १३ साउन २०८३
  • सुक्खा पहिरो जाँदा मुग्लिन-नारायणगढ सडक बन्द, खुल्न अझै २ घण्टा लाग्ने


    मंगलबार, साउन १२ २०८३
    140
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार पहिरो ठूलो भएकाले दुईतर्फी नै सवारी बन्द छ ।

    पहिरो पन्छाउनका लागि सम्बन्धित स्थानमा मेसिन परिचालन गरिएको प्रहरीले जनाएको छ । सडक खुल्न अझै १-२ घण्टा लाग्ने भएको छ।

    सडक डिभिजन भरतपुरले आज बिहान ९:५० बजे सूचना जारी गरी पहिरो पन्छाउन २ वटा मेसिन प्रयोग भइरहेको र थप एउटा मेसिन झिकाइएको जानकारी दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार