Nepal Face
  • मंगलबार, १२ साउन २०८३
  • राष्ट्रपति पौडेल र विपक्षी नेता आङ्देम्बेबीच भेटवार्ता


    सोमबार, साउन ११ २०८३
    235
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो।

    भेटमा समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे छलफल भएको नेता आङ्देम्बेको सचिवालयले जनाएको छ। यसका साथै आङ्देम्बेले देशका विभिन्न स्थानमा गएको बाढी पहिरो, त्यसबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्मूल्यांकन तथा पुनस्स्थापनाबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।

    सो क्रममा राष्ट्रपति पौडेलले राजनीतिक स्थिरताको आवश्यकता औँल्याउँदै कानुन निर्माणमा संसद्को प्रभावकारिता बढाउनुपर्नेमा जोड दिएका थिए।

    साथै, विपद्बाट प्रभावित नागरिकलाई शीघ्र राहत र पुनर्स्थापनाको व्यवस्था गर्न सबै निकायबीच समन्वय र सहकार्य अपरिहार्य रहेकोमा उनले जोड दिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार