काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा ट्रक र स्कुटर ठक्कर खाँदा भएको दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।
चन्द्रागिरी नगरपालिका–१५ तीनथाना चोकस्थित सडकमा बा.प्र.०२–०३८ प ९८९७ नम्बरको स्कुटर र लु. १ क ४२५६ नम्बरको मिनि ट्रक एक–आपसमा ठक्कर खाएर दुर्घटना भएको थियो ।
सोमबार बिहान भएको सो दुर्घटनामा परेर स्कुटरमा सवार दुई जनाको मृत्यु भएको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
मृत्यु हुनेहरूमा स्कुटर चालक सोही नगरपालिका–१२ हरीयाली बस्ने ४० वर्षीय दिपक नेपाल र स्कुटरमा सवार सोही नगरपालिका–१४ बस्ने ५६ वर्षीया शुभद्रा कुमारी नेपाल रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डबि अस्पताल ग्वार्को ललितपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मिनि ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्न पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक भोलि साउन १३ गते...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा व्यापार तथा पूर्वाधार क्षेत्र हेर्ने सल्लाहकारका रूपमा चितवनका विवेक राज कँडेललाई नियुक्त गरेका छन्। मन्त्रालयका...
काठमाडौं । एमबीएसको प्रश्नपत्र बाहिरिएको घटनामा संलग्न रहेको आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय...
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माका अनुसार उनको आज उपचारका क्रममा निधन भएको हो । पूर्वउपसभापति...
काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक तथा सचेतकहरूसँग छलफल गरेका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा आगामी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend