काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगन्जमा सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको मृत्यु र १६ जना घाइते भएको घटनाको छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा सोमबार बिहान ९ बजे बसेको बैठकले घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको गृह मन्त्रालय प्रशासन स्रोतले जानकारी दिएको छ ।
समितिका अन्य सदस्य र प्रतिवेदन पेस गर्ने समयसीमाबारे भने विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
यस्तै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन र समस्याको दीर्घकालीन समाधान खोज्न सोमबार साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ। बैठकमा घटनाको सुरक्षा व्यवस्थापन, सम्भावित जोखिम तथा आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ।
आइतबार राति देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा दुई समूहबीच उत्पन्न विवाद झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाएका थिए। गोली लागेर गम्भीर घाइते भएका स्थानीय ओमप्रकाश मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्याइए पनि अस्पतालले मृत घोषणा गरेको थियो।
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
काठमाडौं। नेपालले ‘गाभी, द भ्याक्सिन एलायन्स’बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको...
चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा ट्रक, बस र माइक्रोबस एकापसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा सर्लाहीबाट काठमाडौं आउँदै...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend