कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्री नेकपा संसदीय दलका नेता खगराज भट्ट बन्ने भएका छन् ।
२०७९ सालको निर्वाचनमा भट्ट डडेल्धुरा प्रदेश सभा निर्वाचन क्षेत्र (क)बाट निर्वाचित एका थिए । हाल सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह ले गरिरहेका छन् । उनी एमालेको समर्थनमा दोस्रो पटक मुख्यमन्त्री बनेका थिए । तर आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई लिएर विवाद चुलिएपछि एमालेले असार ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै शाह नेतृत्वको सरकार अल्पमतमा परेको हो ।
संविधानअनुसार अल्पमतमा परेका मुख्यमन्त्रीले एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ । मुख्यमन्त्री शाह राजीनामा दिने वा विश्वासको मत लिने भन्नेमा छलफलमै रहेका छन् । एमालेले नेकपा नेतृत्वको सरकारलाई समर्थन गर्ने सहमति गरेसँगै प्रदेशमा सरकार परिवर्तनको प्रक्रिया अघि बढ्ने तयारी भइरहेको छ ।
विपक्षी दलहरूले मुख्यमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गर्दै आएका छन् भने मुख्यमन्त्री शाहले संविधानअनुसार विश्वासको मत लिएर मात्र अगाडि बढ्ने अडान राखेका छन् । यद्यपि प्रदेश सभाको वर्तमान अङ्कगणित हेर्दा उनको पक्षमा बहुमत जुट्ने सम्भावना छैन । अहिले कांग्रेस नेतृत्वको सरकारको बहिर्गमन र नेकपाका संसदीय दलका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन हुने लगभग निश्चित देखिएको छ ।
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
काठमाडौं। नेपालले ‘गाभी, द भ्याक्सिन एलायन्स’बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको...
चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा ट्रक, बस र माइक्रोबस एकापसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा सर्लाहीबाट काठमाडौं आउँदै...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend