काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको छ ।
एमालेले वहालवाला मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई प्रतिस्थापन गर्दै मेन्याङ्बोलाई नेतृत्व दिने तयारी गरेको छ । एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको सत्ता सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम नेपाली कम्युनिस्ट पार्टीको भागमा परेको छ । त्यससँगै कोशीमा सरकार पुनर्गठनको गृहकार्य अघि बढेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशीको नेतृत्व परिवर्तनलाई प्राथमिकतामा राखेका छन् । पछिल्लो समय ओली र मुख्यमन्त्री कार्कीबीच सम्बन्ध अपेक्षाकृत सहज नरहेको र त्यसकै प्रभाव नेतृत्व परिवर्तनमा परेको हो । ओली कार्कीलाई जसरी भए पनि हटाएर नयाँलाई नेतृत्व दिने पक्षमा रहेका छन् ।
ताप्लेजुङ–१ (१)बाट निर्वाचित मेन्याङ्बो प्रदेश संसदीय दलका उपनेता हुन् । कार्की नेतृत्वको पहिलो प्रदेश सरकारमा उनले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । मन्त्रिपरिषद् पुनर्गठनका क्रममा केही समय स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि उनले सम्हालेको थिए ।
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
काठमाडौं। नेपालले ‘गाभी, द भ्याक्सिन एलायन्स’बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको...
चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा ट्रक, बस र माइक्रोबस एकापसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा सर्लाहीबाट काठमाडौं आउँदै...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend