काठमाडौं। धनगढीमा सत्याग्रह गरिरहेका डा.गोविन्द केसीसँग वार्ता गर्न थप दुई जना धनगढी गएका छन् ।
प्रधानमन्त्री बालेन शाहका स्वास्थ सल्लाहकार जे.पी. अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा। विकास देवकोट बुद्व एयरको जहाजमार्फत धनगढी गएका हुन् ।
शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल भने शनिबार नै धनगढी पुगेका छन् । मन्त्री सस्मित पोखरेलको निर्देशनमा सचिव पौडेल शनिबार धनगढी पुगेका हुन् ।
शिक्षामन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका थिए । त्यसलगत्तै वार्तामार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको थियो ।
धनगढी पुगेको टोलीले आजै डाक्टर केसीका प्रतिनिधिसँग वार्ता गर्ने तयारी गरेका छन् । डा.केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि शनिबार नै चिकित्सकको सल्लाहमा सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
काठमाडौं। नेपालले ‘गाभी, द भ्याक्सिन एलायन्स’बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको...
चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा ट्रक, बस र माइक्रोबस एकापसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा सर्लाहीबाट काठमाडौं आउँदै...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend