Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सीमा अनुगमनका लागि स्पेसल टास्क फोर्स परिचालन गरिने


    शुक्रबार, साउन ८ २०८३
    125
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि बढाइने बताएका छन्।

    राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति को बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा गृहमन्त्री गुरुङले सीमा क्षेत्रको वस्तुस्थिति बुझ्न सादा पोसाकमा परिचालन हुने स्पेसल टास्क फोर्स गठन गर्ने योजना रहेको जानकारी दिए।

    उनले सीमासम्बन्धी गतिविधिको नियमित र प्रभावकारी अनुगमनका लागि यस्तो संयन्त्र उपयोगी हुने उल्लेख गर्दै प्रत्यक्ष निरीक्षणको जिम्मेवारी अब विशेष टोलीलाई दिइने धारणा राखे।

    गृहमन्त्री गुरुङले मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकले लामो समयदेखि विभिन्न समस्या र अभाव झेल्दै आएको उल्लेख गर्दै विगतमा ती क्षेत्रका जनभावनालाई राजनीतिक रूपमा प्रयोग गर्ने प्रवृत्ति देखिएको बताए।

    उनले अब ती प्रदेशका जनताको समस्या समाधानलाई सरकारको प्राथमिकतामा राखिने स्पष्ट पार्दै दुःख र पीडालाई राजनीतिक लाभको विषय बनाउने अभ्यास अन्त्य हुनुपर्नेमा जोड दिए। साथै, सम्बन्धित क्षेत्रका नागरिकले भोग्दै आएका कठिनाइलाई सम्बोधन गर्ने दिशामा सरकार केन्द्रित रहने प्रतिबद्धता पनि व्यक्त गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार