Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा छूटे 


    शुक्रबार, साउन ८ २०८३
    90
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादवलाई हाजिरी जमानीमा छाडिएको छ ।

    तीन दिनदेखि प्रहरी हिरासतमा रहेका उनीहरूलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको थियो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईका अनुसार, केहीबेर अघि उनीहरूलाई हाजिरी जमानीमा छाडिएको हो ।

    उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिएर प्रहरीले उनीहरूमाथि अनुसन्धान अघि बढाइएको थियो ।

    उनीहरू गत बुधबार सिंहदरबार गेट अगाडिबाट पक्राउ परेका थिए । झरीमा रुझ्दै उनीहरू न्याय माग्दै र गृहमन्त्रीलाई भेट्न भन्दै सिंहदरबार पुगेका थिए । तर प्रहरीले उनीहरूलाई सिंहदरबार पस्न नदिइ रोकेको थियो । त्यसपछि गेट अगाडि सडकमै उनीहरू धर्ना बसेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार