Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ‘एकै दिनमा सबै उल्ट्याउन सकिँदो रहेछ भन्ने उनीहरूले सिकाए, चारै तिरबाट घेरा हालौँ’: प्रचण्ड


    शुक्रबार, साउन ८ २०८३
    125
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय संवेदनशील अवस्थामा रहेको बताए।

    उनले भने, ‘चीन विरोधी गतिविधि हुन हामी दिने छैनौँ भनेर सबै राजनीतिक दलले भन्दै आएको होइन रु पचासौँ वर्षदेखि। तर यो पटक उल्लङ्घन गरियो। दलाइ लामाको जन्मोत्सव। अब अर्को नयाँ दलाइ लामा नेपालमा भन्ने पनि हल्लाखल्ला छ।’

    उनले अहिले जनताले प्राप्त गरेका अधिकार अपहरण भइरहेको बताए। उनले थपे, ‘जनताको उपलब्धि खोसिएका छन्। उत्पीडित वर्ग, समुदायमाथि उत्पीडन र निरङ्कुशता लाद्ने जमर्को भइराखेको छ। त्यसका विरुद्धमा साझा कार्यक्रम बनाउनुपर्छ।’

    नेपालका गरिब, मजदुर, किसान र उत्पीडित वर्ग, समुदायका अधिकार खोस्ने दुस्साहस भएको बताए।

    उनले थपे, ‘जनतालाई सङ्गठित, आन्दोलित गर्ने, सदनमा लड्ने, सडकमा लड्ने, आउने निर्वाचनबाट लड्ने, चारैतिरबाट घेरा हाल्ने। सिकाएको त उनीहरूले छन्, तर हामी उनीहरू जसरी लड्छन्, हामी त्यसरी लड्दैनौँ। हामी हाम्रै तरिकाले लड्ने हो, तर एकै दिनमा उल्ट्याउन सकिँदो रहेछ भन्ने त उनीहरूले सिकाएका छन् नि। एकै दिनमा उल्ट्याइदिन त सकिँदो रहेछ।’

    उनले भदौ घटनाजस्तै सबै वामपन्थी मिलेर साझा न्यूनतम कार्यक्रम गरे जस्तोसुकै चुनौती सामना गर्न सकिने बताए।

    उनले थपे, ‘हरेक पार्टीले आफ्नो गच्छेअनुसार र क्षमताअनुसार देशभरिबाट पाँच–सात लाख जनता काठमाडौँमा अनि हरेक सदरमुकाममा १ लाख, डेढ लाख, १ लाख, डेढ लाख उतारेर गर्‍यो भने एकै दिनमा उल्ट्याउन सकिँदैन तरु उनीहरूले सिकाए नि एकै दिनमा हुँदो रहेछ, यतापट्टि किन नसोच्नेरु हामी सबैले सोच्नुपर्‍यो एकचोटि, नत्र बर्बाद हुन सक्छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार