Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • काठमाडौं महानगरका लेखा अधिकृत घुससहित अख्तियारको नियन्त्रणमा 


    शुक्रबार, साउन ८ २०८३
    305
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।

    स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि हैरानी दिई सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

    भट्टराईले स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दुःख हैरानी दिई सेवाग्राहीसँग घुस र रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा टंगालबाट खटिई गएको टोलीले भट्टराईलाई सेवाग्राहीबाट २१ हजार घुस र रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित काठमाडौं महानगरपालिका वडा नं.३० को वडा कार्यालयबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

    उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार