Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानमन्त्रीले आज निर्यातमुखी उद्योगका प्रतिनिधिसँग छलफल गर्ने 


    शुक्रबार, साउन ८ २०८३
    125
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज प्रमुख निर्यातमुखी उद्योगका प्रतिनिधिसँग छलफल गर्ने भएका छन् । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे हुनेछ ।

    छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल गलैंचा उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी तथा नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेललाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सचिवालयका अनुसार छलफलमा निर्यात प्रवर्द्धनका चुनौती, नीतिगत सुधार तथा समाधानका उपायबारे उद्योगी व्यवसायीसँग सुझाव लिइनेछ ।

    प्रधानमन्त्री शाहले पछिल्लो समय अर्थतन्त्र चलायमान बनाउने, लगानी तथा उत्पादन बढाउने र निर्यात प्रवर्द्धनका विषयमा निजी क्षेत्रका उद्योगी–व्यवसायी तथा सरोकारवाला निकायसँग निरन्तर संवाद गर्दै आएका छन् ।

    प्रधानमन्त्री बालेनले हिजो मात्रै चिया उद्योगीहरुसँग छलफल गरेका थिए ।

    त्यसअघि उनले हस्तकला महासंघ, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, निर्माण व्यवसायी महासंघ, फुटवेयर एसोसिएसन, सेयर लगानीकर्ता, तयारी पोसाक उद्योग संघ लगायतका प्रतिनिधिहरुसँग पनि भेटघाट गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार