काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैको आलोचना गरेर गन्तव्यमा पुग्न नसक्ने बताएका छन्। हिजो इतर पक्षले बिपी कोइरालाको स्मृति दिवसको अवसरमा कार्यक्रम राखेर पार्टी नेतृत्वको चर्को आलोचन गरेको थियो।
त्यसबारे उनले भने, ‘कसैले कतै भेला भएर एकदमै धेरै आलोचना गर्नुभयो भनेर त्यतातिर ढुङ्गा हानी राखेर हामी गन्तव्यमा पुग्न सक्दैनौँ। मनाउनु छ बिपी कोइरालाको पुण्यतिथि, बिपीकै कुरा गरौँ। बिपीको विचार र संस्कारको।’
२१ औँ शताब्दीको युवाको भावनासँग बिपीको विचारलाई एकाकार गरेर समुन्नतिको गन्तव्य खोज्ने सङ्कल्प गर्नुपर्ने बताए।
उनले थपे, ‘बिपी कोइरालाले एक पटक भन्नुभएको रहेछ कि क्रान्तिलाई प्राणको आहुति त चाहिन्छ तर त्यो भन्दा बढी क्रान्तिलाई शिक्षक चाहिन्छ। आज नेपाली कांग्रेस पार्टी हामी पछिल्लो समय विशेष महाधिवेशनबाट गगन थापालाई कांग्रेसको सभापति र सिङ्गो देशको नेता बनाउने, प्रधानमन्त्री बनाएर देशलाई दशकमा बदल्ने सङ्कल्प गरेर हिँडेका छौँ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend