काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैको आलोचना गरेर गन्तव्यमा पुग्न नसक्ने बताएका छन्। हिजो इतर पक्षले बिपी कोइरालाको स्मृति दिवसको अवसरमा कार्यक्रम राखेर पार्टी नेतृत्वको चर्को आलोचन गरेको थियो।
त्यसबारे उनले भने, ‘कसैले कतै भेला भएर एकदमै धेरै आलोचना गर्नुभयो भनेर त्यतातिर ढुङ्गा हानी राखेर हामी गन्तव्यमा पुग्न सक्दैनौँ। मनाउनु छ बिपी कोइरालाको पुण्यतिथि, बिपीकै कुरा गरौँ। बिपीको विचार र संस्कारको।’
२१ औँ शताब्दीको युवाको भावनासँग बिपीको विचारलाई एकाकार गरेर समुन्नतिको गन्तव्य खोज्ने सङ्कल्प गर्नुपर्ने बताए।
उनले थपे, ‘बिपी कोइरालाले एक पटक भन्नुभएको रहेछ कि क्रान्तिलाई प्राणको आहुति त चाहिन्छ तर त्यो भन्दा बढी क्रान्तिलाई शिक्षक चाहिन्छ। आज नेपाली कांग्रेस पार्टी हामी पछिल्लो समय विशेष महाधिवेशनबाट गगन थापालाई कांग्रेसको सभापति र सिङ्गो देशको नेता बनाउने, प्रधानमन्त्री बनाएर देशलाई दशकमा बदल्ने सङ्कल्प गरेर हिँडेका छौँ।
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
काठमाडौं। नेपालले ‘गाभी, द भ्याक्सिन एलायन्स’बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको...
चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा ट्रक, बस र माइक्रोबस एकापसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा सर्लाहीबाट काठमाडौं आउँदै...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend