काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको बहुचर्चित टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा तत्कालीन संचार मन्त्री मोहनबहादुर बस्नेतलाई बिशेष अदालतले सफाइ दिएको छ ।
बस्नेतसहित १३ जनालाई बिशेषले सफाइ दिएको छ । तीन जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतले तत्कालीन अध्यक्ष दिगम्बर झा, बोर्ड सदस्यद्वय धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेतीलाई दोषी ठहर गरेको छ ।
विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार सुनाएको फैसलाअनुसार तत्कालीन अध्यक्ष झालाई एक बर्ष कैद तथा तत्कालीन सदस्यद्वय ज्ञवाली र उप्रेतीलाई जनही ६ महिना कैद सजाय सुनाएको छ । तीनै जनालाई जनही ५० हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ ।
अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) अन्तर्गत उनीहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो । साथै, तत्कालीन अध्यक्षको हैसियतमा जिम्मेवारी सम्हालेका कारण झामाथि ऐनको दफा २४ समेत आकर्षित हुने भन्दै थप ६ महिना कैद सजाय सुनाइएको हो । यससँगै झाको कुल कैद सजाय एक वर्ष पुगेको छ ।
अदालतले टेरामक्स खरिदमा सम्झौता रकम ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ भए पनि वास्तविक रूपमा १ अर्ब ११ करोड ६२ लाख ५२ हजार १४३ रुपैयाँ मात्रै भुक्तानी भएको उल्लेख गरेको छ ।
फैसलामा २०७८ वैशाख १४ गते सर्वोच्च अदालतको आदेशका कारण Vanrise Solutions SAL कम्पनीसँग सम्झौता गर्नुबाहेक अर्को विकल्प नरहेको, आपूर्ति भएका उपकरण तथा प्रणाली सम्झौताअनुसारकै र प्रभावकारी रहेको भन्ने प्रतिवेदनसमेत पेश भएकाले भुक्तानी भएको रकमलाई नै भ्रष्टाचारको विगो (हानीनोक्सानी) कायम गर्न नमिल्ने निष्कर्ष निकालिएको छ।
यस आधारमा अदालतले विगो नखुलेको अवस्था मानेर कैद र जरिबानाको सजाय मात्र निर्धारण गरेको हो । उक्त टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सञ्चारमन्त्रीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
टेरामक्स प्रकरणमा एउटा ल्यापटप ५० हजार अमेरिकी डलरमा खरिद गरिएको थियो । आजको १ अमेरिकी डलरको मूल्य नेपाली रुपैयाँ १ सय ५२ रुपैयाँले हिसाब गर्दा उक्त ल्यापटपको मूल्य ७६ लाख पर्न आउँछ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend