काठमाडौँ । जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका २ स्थित इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी गस्ती टोलीले १०२ केजी ६३८ गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला पर्सा जगरनाथपुर २ सोनबर्साबाट भारततर्फ जाँदै गरेको बिआर ०१ सी यु ५४४ नम्बरको सेतो स्पोर्ट्स कारलाई जाँच गर्ने क्रममा कारभित्र लुकाइराखिएको १० पोका गाँजा बरामद गरिएको हो । बरामद गाँजाको तौल १०२ केजी ६३८ ग्राम रहेको छ।
घटनामा कार चालक भारतको बेतिया, नवलपुर बस्ने अन्दाजी ३२ वर्षका गुडु बर्मालाई गाँजा र कारसहित नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेका व्यक्ति, बरामद गरिएको गाँजा तथा सवारी साधनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend