Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि सिमेन्टमा प्रतिबोरा ५० रुपैयाँ मूल्यबृद्धि


    बिहिबार, असार १८ २०८३
    585
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पेट्रोलियम पदार्थको भाउ घटिरहेको बेला सिमेन्टको मूल्यबृद्धि गरिएको छ ।

    सिमेन्टको मूल्यमा आज(असार १८ गते) देखि लागू हुनेगरी प्रतिबोरा ५० रुपैयाँ बृद्धि गरिएको छ । नेपाल सिमेन्ट उत्पादक संघको बैठकले सिमेन्टको मूल्यबृद्धि गरेको हो ।

    असार १८ गतेदेखि लागू हुनेगरी संघले प्रतिबोरा ५० रुपैयाँ बढाएको छ । साथै संघले सिमेन्ट उद्योगलाई सिमेन्ट उत्पादनको कोटा तोक्ने अर्को अनौठो निर्णय पनि गरेको छ ।

    सिमेन्टको मूल्यबृद्धि गरिएको बिषयमा सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुसँग प्रतिक्रियाका लागि पटक–पटक प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । सिमेन्टको मूल्य एक बर्षअघि पनि बृद्धि भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार