काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले जोर्डनलाई ३-१ ले पराजित गरेको हो ।
अष्ट्रियाको जितमा रोमानो स्चमिड र मार्को अर्नाटोभिकले एकएक गोल गर्दा एक गोल उपहार पायो । खेलको २०औँ मिनेटमा रोमानोले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए । तर, ५०औँ मिनेटमा अली ओल्वानले गोल गर्दै जोर्डनलाई बराबरीमा फर्काए । खेलको ७६औँ मिनेटमा जोर्डनका याजान अलारबले आत्मघाती गोल गर्दा अष्ट्रियाले दोस्रोपटक अग्रता लिएको हो ।
दोस्रो हाफको इन्जुरी समयमा डिबक्सभित्र जोर्डनका खेलाडीको हातमा बलले लागेपछि अष्ट्रियाले पेनाल्टी पाएको थियो । जसलाई मार्कोले सदुपयोग गर्दै गोल गरे । जितसँगै ३ अङ्क जोडेर अष्ट्रिया समूह ‘जे’को दोस्रो स्थानमा छ । समान ३ अङ्क रहेको अर्जेन्टिना गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । जोर्डन र अल्जेरिया अंकविहीन छन् ।
पछिल्लोपटक सन् १९९८ मा विश्वकप खेलेको अष्ट्रिया २८ वर्षपछि विश्वकपमा फर्किएको हो । एसियाली राष्ट्र जोर्डन पहिलोपटक विश्वकपको मैदानमा पुगेको हो ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend