Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राहदानी विभागका महानिर्देशक अर्याललाई ४ दिन हिरासतमा राख्न अनुमति


    मंगलबार, असार २ २०८३
    340
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसीलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार बेलुका दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो। मंगलबार थप अनुसन्धानका लागि हिरासतमा राख्न आवश्यक रहेको भन्दै अख्तियारले दुई जनालाई विशेष अदालतमा उपस्थित गराएको थियो ।

    विशेष अदालतले सोमबारदेखि लागू हुनेगरी चार दिन हिरासतमा राख्न अनुमति दिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।

    राहदानी छपाइको ठेक्काको विषयमा भ्रष्टाचार भएको आरोपमा अख्तियारले अनुसन्धान गरिरहेको छ। त्यही क्रममा अर्याललाई पक्राउ गरिएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार