दाङ जिल्लाको साविक श्रीगाउँ गाविस हालको दंगीशरण गाउँपालिकामा जन्मनुभएकी रोशनी नेपाली बादी चिकित्सा पेसामा आवद्ध हुनुहुन्छ । बुवा निर्मल नेपाली बादी सरकारी विद्यालयमा शिक्षक हुनुका साथै बादी समुदायको पहिचानका लागि धेरै लडाइँ लड्नुभएको थियो । उहाँ अहिले दाङको तुल्सीपुरमा बस्नुहुन्छ ।
रोशनी अंग्रेजी विद्यालयमा पढ्नुभएको हो । उनका तीन दिदी बहिनी र एक जना भाइ छन् । बादी समुदायमा छोरी जन्मदा खुशी हुन्छन् र छोरा जन्मदा दुःखी भनेर ट्याग लगाएका छन् । यो भनाइमा रोशनीको आक्रोश छ । उहाँ दक्षिण भारतमा रहेको कर्नाटकको राजीव गान्धी विश्वविद्यालयबाट फिजियोथेरापी अध्ययन गर्नुभएको छ । उहाँ हाडजोर्नी सम्बन्धी चिकित्सक हुनुहुन्छ ।
बादी समुदायलाई गम्भीर आक्षेप र मानमर्दन गराएर फिल्म निर्माण गरिएको भन्दै चलचित्र ‘लालीबजार’ लाई बन्द गरिनुपर्छ भन्ने मागसहित उहाँले रिट निवेदन गर्नुभयो । सुरुमा उच्च अदालतमा रिट दायर गर्नुभयो । उच्च अदालत पाटनका न्यायधीशद्वय षडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको इजलासले यो चलचित्र नचलाउन अल्पकालीन आदेश गरिदियो । तथापि सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलले चलचित्रमा प्रयोग भएका ‘बादी, ‘राजाको सम्मान’ र ‘चढाउने प्रसाद’ हटाएर चलाउने आदेश दिए ।
बन्द हुनुपर्ने चलचित्र केही शब्द हटाएर चलाउन दिने अदालतको यो आदेशले वादी समुदायको आत्मसम्मानमा गम्भीर प्रकारको चोट पुगेको भन्दै रोशनी वादी माइतीघर मण्डलामा धर्नामा हुनुहुन्छ । यसै सन्दर्भमा लाली बजार चलचित्रमा के कस्ता आपत्तिजनक विषयहरु छन् ? भन्ने विषयमा नारायणप्रसाद शर्माले रोशनी नेपाली बादीसँग धर्नाकै स्थलमा गरिएको छोटो अन्तर्वार्ताः
तपाईं लालीबजार चलचित्रले वादी जातीको आत्मसम्मानमा गम्भीर ठेस पु¥याएको भन्दै धर्नामा हुनुुहन्छ । रिट पनि दायर गर्नुभयो । अदालतले तीन वटा विषय हटाउन पनि आदेश गरेको छ । वास्तवमा कसरी आत्मसम्मानमा ठेस पुग्न गयो ? तीन तीन वटा हटाउन खोजिएका विषयवस्तुहरु के के हुन् तपाईंलाई थाहा छ ?
छ, ती तीनवटा शब्द ‘बादी, ‘राजाको सम्मान’ र ‘चढाउने प्रसाद’ हुन् ।
तपाई हामी जस्ता पीडितहरुको पीडा बुझेर अन्तर्वार्ता लिन आउनुभएको रहेछ । यसका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु । सेन्सर बोर्डले फिल्म चल्नु अघि नै दिएका शर्तहरु थिए । यदि फिल्म चलाउनु छ भने वादी शब्द, मान्छेलाई चढाउने जुन सिस्टम देखाएको छ यस्ता डाइलगहरु काटेर चलाउन सेन्सर बोर्ड (चलचित्र जाँचबुझ समिति) ले अनुमति दिएको थियो । तर, सेन्सर बोर्डको आदेश नै फिल्म निर्माताले मानेनन् । अहिले पनि मधुमाला वादी भनेर उच्चाहरण भइरहेको छ । रमेश वादी भनेर उच्चाहरण गरिएको छ । तिमीहरु वादीहरु हौं भने समाजमा खास के हुन्छ भन्ने ?
वादी महिलाहरुलाई अन्य जातिले विवाह नै गर्दैनन् भन्ने कथा वस्तु बनाएको छ । लालीबजारको विवादित कथा वस्तु भनेको नथिया हो । सेन्सर बोर्ड वादी समुदाय होइन । डायलगमा समस्या देखाएको होला । सेन्सर बोर्डमा बसेर हामीले जब फिल्म हेरेका थियौं, फिल्मले देखाउन खोजेको कथावस्तु र मूल उद्देश्यले सकारात्मकता दिँदैन । फिल्ममा इमोशनल नबनाएसम्म चल्दैन । राम्रो गाना र बाना राम्रो फाइट नराखे फिल्म चल्दैन ।
फिल्म सुरुबाटै तपाईं रुन थाल्नुहुन्छ । तपाई एक्साइटेड हुनुहुन्छ । आमा छोरीको संघर्ष हेर्दा पनि त्यस्तै हुन्छ । तर, हामीलाई ‘एक्साईटेड र इन्टरटेन्मेन्ट’ अलग राखेर जुन कथावस्तु लालीबजारमा बनाइएको छ, ‘त्यसमा वादी महिलाको कथा भनिएको छ, वादी महिलालाई यौनकर्मी भनेर चित्रण गरिएको छ । रहनसहन, लवाइखुवाई सबै देखाएर वादी महिलाहरु जत्ति यौनकर्मी थिए भनिएको छ । घर यौनकर्मले चल्दथ्यो, आमाले जुन पेसा गरेको छ छोरीले पनि त्यही पेसा गर्छे भनेर चित्रण गरिएको छ । यो फिल्म यत्ति हदसम्म गिरेको छ कि आफनो भ्यूज बढाउनका लागि त्यसको पात्र मधुमाला क्रान्तिकारी हुन् उनले बन्दूक उठाएर सामन्ती र शोषण गर्ने राजालाई मारेर शान्ति ल्याएको छ ।
यसबाट यौनव्यवसाय हटाइएको छ भनेर देखाइएको छ । के वादी समुदाय विकासका रुपमा यो अवस्थामा आएको छ, मधुमाला बादीकै कारणले हो त ? उनले उठाएकै आवाजका कारण हो ? त्यो आवाज यौनशोषणका विरुद्धमा मात्रै थिएन । मधुमालावादीले स्वेच्छाले त्यो काम गरिरहेकी थिइन् । उनले गिट्टी कुटेर खाएको देखाएको छ भने सुरुमा तिनले त्यो काम किन गरिन् त ? सुरुमा आमाले गरेको पेसा छोरीले अप्नाएको भन्दै हाम्रो वादी समुदायलाई घृणित ढंगले प्रस्तुत गरेको छ । जुन गलत हो ।
मधुमालावादीले सामन्तीलाई बन्दुक देखाएर मारेको भन्नु पनि गलत हो । जुन यौनकर्मीको भूमिका भनेर देखाइएको गलत हो र साथै नथिया प्रथा भनेर चित्रण गर्नु पनि गलत हो । यो प्रथा वादी समुदायमा थिएन । कोही एक दुई जनाले भनेको भरमा वास्तविक गर्विलो इतिहासलाई मोडेर फिल्म बनाउन पाइँदैन । चेनतशील ब्यक्तिले बुझ्ने कुरा हो । यो फिल्ममा हुने इमोशनल कुरा छाडिदिउँ । वास्तविक रुपमा एकजना न्यायाधीशले त्यो फिल किन गरेनन् भन्ने कुरा हो । जुन न्यायाधीशले कानून पढेर प्रधानन्यायाधीश र न्यायाधीशको कुर्सीमा बस्नुभएको छ । संविधान र कानून सबै थाह छ । एउटा नागरिकलाई सामान्य गाली दिन सकिँदैन भने, यौनकर्मी देखाउनु भनेको कति हदसम्म निचता हो ?
यसरी यो फिल्ममा जाति विशेषलाई होच्याउने काम गर्नुमा के देख्नुहुन्छ ? तपार्इंकै समुदायका मन्त्री र दलित समुदायका सांसदहरु पनि हुनुहुन्छ । तर, उहाँहरु त बोल्नुभएको छैन नि ?
हामीलाई यसैले निराश बनाएको छ । देश बिगारेको छ । जब देशको शक्तिशाली पदमा बस्नेहरु बिक्न थाल्छन्, तब न्याय मर्छ । जुन वादी समुदायमा पनि देखिएको छ । लालीबजार फिल्मका सन्दर्भमा । मन्त्रीपरिषद्का एक जना सदस्य सीता बादी नै हुनुहुन्छ । तथापि वादी समुदायको चरित्रहत्या हुँदा पनि नबोल्नुको कारण कहीँ न कहीँ सत्ताको लोभ छ ।
मन्त्रीका नातेदारहरु दिदी हन्ना वादी र उहाँले चलाएका छोरी चेलीहरु होस्टेलका नानीहरुलाई प्रयोग गरेर लालीबजारको टीआरपी बढाइएको छ । वादी समुदायका अभियन्ताहरु पनि चुप लागेर बस्नुभएको छ । यो उहाँहरुको लोभ र बिकाउपन हो । केही पैसाको लोभमा वा राजनीतिक पदको लालचामा चुप लागेर बस्नुभएको छ ।
भारतीय लेखिका डा. प्रमिला कपुरले ‘सम्मानित बेश्या’का विषयमा विद्यावारिधी नै गर्नुभएको छ । कुनै पनि पेसामा जाति विशेष नभएर परिस्थितिले निम्त्याउने भन्दै ब्याख्या गर्नुभएको छ । हरेक ठाउँमा बिभिन्न प्रकारका मानवीय प्रकृतिहरु हुन्छन् भन्ने लुकाएर वादी समुदायमा मात्रै यो प्रकारको काम गरिन्छ भनेर देखाउनको अर्थ के हो ?
हाम्रै वादी समुदायका अभियन्ताहरु बेचिएर हो । हाम्रो कमजोरी नै हाम्रै अभियन्ता हुन् । सधंै बादी समुदायलाई कराडौंको बजेट ल्याउनका लागि यस्तै प्रकारका शब्दमा जोडिएको छ । यौन जोडेर किताव प्रकाशन गरिएका छन् । बादी समुदायसँग जोडेर प्रोजेक्ट बनाएर विदेशी बजेट ल्याएका छन् ।
करोडौंको बजेट ल्याएर होस्टल खोलेका छन् । बादीका छोरी चेलीलाई पढाएको भन्दै व्यवसाय चलाएका छन् । जुन तितो सत्य हो । कोही बादी समुदायका चेलीहरु होस्टलमा बसेर पढेका छन् भनेर हामीले आवाज उठाएका थिएनौं । तर, अहिले त हदै भएको छ । जब पाप कराउँछ, तब घैंटो फुट्छ भनिएको छ । त्यही अवस्था आएको छ । उहाँहरुले हाम्रो इज्जत र स्वाभिमान नै बेचेर भाग खानुभएको अवस्था छ । तर, अहिले हदै गिर्नुभएको छ । आउने पुस्तालाई हदै गिर्नेगरी अनुमति दिनुभएको छ । यो कुरा मैले होइन स्वयं स्वस्तिमा खड्काले आफ्नै मुखबाट भनेकी छन् ।
स्वस्तिमा खड्का र रबिन्द्रसिंह बानियाजीले फलानो फलानोले सहयोग गर्नुभएको छ भनेर आफ्नै मुखबाट भन्नुभएको छ । जुन बादी समुदायका अभियन्ताहरु हुन् । वादी समुदायकै अग्रज हुनुहुन्छ भनेर उहाँहरुलाई नाङ्गो बनाएर हिंडाएका छैनौं । चुप लागेर बसेका छौं । न्यायमा समय लाग्ला तर, न्याय भला त सब भला भने जस्तै न्यायकै प्रतिक्षामा लडिरहेका छौं । अहिले जुन अवस्था आयो त्यसमा हाम्रै वादी समुदायका अभियन्ताका कमजोरीका कारण हो । सरकारी कानून र नीति नियमका कारणले हो ।
न्यायालयले तीन वटा विषय हटाऊ भन्नु त फिल्ममा गल्ती रहेछ भन्ने हो नि, होइन ?
सेन्सर बोर्डले पनि गल्ती देखाएको छ । सेन्सर बोर्डले नथियालाई देखाएन । किनकि नथियालाई नदेखाउने बित्तिकै फिल्म बन्द हुन्छ । सेन्सर बोर्ड र चलचित्र विकास बोर्डले फिल्म चलाउन खोजेको हो । जेनतेन तानतुन पारेर टुक्काटुक्की जोडेर फिल्म चलाउन खोजिएको हो । फिल्म निर्मातालाई घाटा नलागोस् भन्ने उद्देश्यले गरिएको भए पनि समस्या त देखिएको हो नि ? राष्ट्रिय दलित आयोगको अध्यक्षले मसँगै बसेर फिल्म हेर्नुभएको थियो । यसरी आयोगबाट यो फिल्म चल्नु हुँदैन भनेर पत्रसमेत दिनुभएको छ । राष्ट्रिय दलित आयोगबाट फिल्म चल्नु हुँदैन भन्दाभन्दै चलाउनुको मतलव के हो ? दलित आयोगको कुरा अदालतले पनि सुनेन । आयोगको के अर्थ रह्यो ?
संवैधानिक आयोगको कुनै कुरा फिल्म निर्माताले मानेनन् ?
हो, मानेनन् । सेन्सर बोर्डले भनेका कुराहरु पनि मानिएन । बादी, प्रसाद र नथिया अहिले पनि हटाइएका छैनन् । हामीलाई मूख्यगरी नथिया प्रथा (आमाले जे गरिन् छोरीले पनि त्यही गर्छे) भनेर देखाइएको छ । इज्जत लुटेर नाङ्गो बनाएर देखाएपछि मधुमालाले गर्दा यस्तो चिज भएन । परिवर्तन भइसकेको छ । यो समुदायका छोरीहरु डाक्टर, नर्स र प्रिन्सीपल बनिसकेका छन् भनेर पनि देखाइएको छ ।
डाक्टर, नर्स र प्रिन्सिपल यौन पेशा गरेर आएकाहरुबाट बनेका हैनन् । यौनकर्मीका बाबुआमाले बनाएका हैनन् । यो समाजको सामान्य ब्यक्तिले त्यो वास्तविकता बुझ्दैन । समाजको ब्यक्तिले त इमोशनल, इन्टरटेन्टमेन्ट हेर्छ । अन्तिममा सुध्रिएको देखाइन्छ । यौनकर्मलाई देखाएर सुध्रिएको भन्दै ब्याख्या गरिन्छ । बादी समुदायको इतिहासमा, गर्भमा, स्वाभिमानमै यौन भन्ने शब्द नै छैन । बादी भनेको बाद्य बाधनबाट आएको जाति हो । अहिले बादीहरुले मादल बनाएर, बेचेर जीविकोपार्जन गरिरहेका छन् । माछा मारेर पेट पालिरहेका छन् । गाउने कलादेखि लिएर नाचगान गर्ने कलामा बादी समुदाय सु–सम्पन्न थिए । अहिले त फिल्मकर्मीहरु आइसके ।
मोबाइलका कारण संगीत, बाजागाजा र सबै लोप हुन लाग्यो । जुन उहाँहरुले कथा भनिएको छ त्यो समयमा त्यस प्रकारको अवस्था नै थिएन । कसैलाई फिल्म बनाउने चाहना छ भने बास्तविक कानून बुझ्नुपर्दछ । गल्ती गरेर बजारीकरण गरिसकेपछि खाए खा नखाए घीच भने जस्तो गरी सत्ता र शक्ति लगाएर फिल्म चलाउनु भनेको न्यायपालिकाको बद्नामी हो । गृहमन्त्री, नीति नियम र विधि विधानको बद्नामी भएको छ ।
लालीबजारका निर्माताले सेन्सर बोर्ड र दलित आयोग दुबैले भनेको मानेनन् ?
हो, मानेनन् ।
दलित आयोगको निर्देशनमा के छ ?
जसरी नथिया देखाइएको छ । जुन स्वाभिमानमा ठेस पुगेको छ । त्यसले समाजमा क्रान्ति ल्याउँछ । कहीँ न कहीँ यसमा पाच्य छैन । त्यसैकारण फिल्म नचल्नु नै राम्रो भनेर पत्र दिएको छ ।
पूर्णरुपमा बन्द गर्नुपर्छ भनिएको छ ?
हो, बन्द गर्नुपर्छ भन्ने छ । अदालतले ९ दिनपछि फिल्म चल्न दिनु थियो भने क्लिनचिट दिनुपर्दथ्यो । फिल्मको पक्षमा मुद्दा जित्यो भनिन्थ्यो ।
अहिले मुद्दा पनि चलिरहेको छ ।
फिल्म चलेको पनि ६ हप्ता भइसकेको छ । मुद्दा चलिरहेको छ, पेशी र तारिखमा हामी हिंडिरहेका छौं । तिनै फिल्मकर्मीहरु हिंडिरहेका छन् । यो त सरकारले भद्दा मजाक गरिरहेको छ ।
हाम्रो देशमा वादी समुदायको जनसंख्या कति छ ?
दुःखको कुरा हामी अल्पसंख्यक जातिमा पर्ने अवस्थामा छौं । अल्पसंख्यक जनसंख्यामा रहेको जातिलाई यसरी होच्याएर फिल्म बनाउनु बिडम्बनाको कुरा हो । यो सरकारले बुझ्नुपर्दछ । बादी समुदायको डाटा ४० हजार थियो । तर, अहिले मात्रै १२ हजारमा आएको छ । जनसंख्यामा बढ्ने अवस्थामा अहिले किन घट्यो ? लालीबजारका निर्माताहरु जस्ता, बेचिएकाहरु र अभियन्ताहरुका कारण जात लुकाएका कारण जनसंख्या घटेको देखिएको हो । बेचिएकाहरुले नियम कानून किन्छन् । त्यस्तो अपराध गरिरहँछन् ।
इन्टरकाष्ट म्यारिजका कारण हो ?
हैन नि वादी भन्ने नराखी नेपाली भनेर नाम राखिदिए । त्यसैकारण जनसंख्या नै घट्न पुग्यो । वादीको इतिहास गर्विलो छ । बाद्य बाधन बजाउने बेद र विधानसँग सम्बन्धित जाति हो । धर्म संस्कृतिसँग सम्बन्धित छ । यस्तो महत्वपूर्ण जातलाई पनि बुझाउन र देखाउन समाजले सकेन । मलाई नै एक्लो ठानेर समाजले हेपेको छ । लालीबजार जस्त फिल्महरुले घृणित रुपमा देखाएपछि कसरी वादी भनेर भन्न सक्छ ? म डाक्टर भएकी छु । वादी हुँ भन्दा गर्व लाग्छ । मेरा बुवा र हजुरआमाले मलाई सिकाउनुभएको छ । त्यो हिम्मतले गर्वका साथ भन्नसक्छु ।
अबका दिनमा तपाईंको आन्दोलन कसरी बढ्छ ?
हामी तारिख र पेशीमा झेलिएर थाकिसकेका छौं । जसले गर्दा माइतीघर मण्डलामा २४ घण्टा धर्नामा छौं । संसदसम्म आवाज जाओस् भनेर धेरै प्रयास गरेका थियौं । भेट्ने पनि कोसिस पनि गरेका थियौं । आफ्नै समुदायकी मन्त्री सीता वादीसँग भेट्दा उहाँले फिल्म नचल्ने भन्नुभयो । तर, त्यो झुट रहेछ । उहाँहरुले मुद्दा नहाल्दा झुटो बोल्नुभयो । अदालतमा गएको विषयमा हामी बोल्न मिल्दैन भनेर गृहमन्त्री सुधन गुरुङले भन्नुभयो, अब हामीले के बुझ्ने ?
अदालतले पनि बाहिरी भीड हेरेर फैसला गर्छ भन्ने आरोप पनि छ नि ?
भीड हेरेर फैसला गरिनु हुँदैन । हामी अल्पसंख्यक छौं । हामी पैसा तिरेर भीड देखाउन सक्तैनौं । तथापि हाम्रा सहयोगीहरुले दुई महिनासम्म आधा आधा पेट खाना खाएर आर्थिक सहयोग गरिरहनुभएको छ ।
अब तपाईंहरुको रणनीति के हुन्छ ?
हामी फिल्मको विषयमा न्यायालयमा लडिरहेका छौं । फिल्म चलिरहने, मुद्दा पनि चलिरहने हो भने न्यायालयको मूल्यांकन कस्तो होला ? कि त अदालतले क्लीनचिट दिनुपर्छ, होइन भने जसरी पनि समयभित्रै फैसला हुनुपर्दथ्यो । यो कुनै पारपाचुके वा अन्य केश जस्तो विषय होइन । यसले न्यायपालिकाको कमजोरी देखिएको छ । हामी पीडित हौं । हामी पीडितहरुमाथि आवाजविहीनको आवाज उठाउन हो भने यही असार ३ गतेको पेशीमा परिणाम आउनेगरी छिनोफानो हुनुपर्दछ ।
यस्तो संवेदनशील मुद्दाहरुमा पेशी र तारिख सार्ने काम हुनुहुँदैन । हामी पीडितहरु स्वाभाविकै रुपमा चर्को बोल्छौं । तथापि पीडा कम हुँदैन । पीडितलाई भेट्न आउने गृहमन्त्रीमा पनि धैर्यता हुनुपर्दछ । तबमात्रै उनीहरुसँग हामीले आफ्ना पीडा राख्न सक्छौं । मन्त्री सीता वादीको काम के हो ? आफ्नो समुदायको विषयमा पनि उनी चुइक्क बोल्न सकिरहेकी छैनन् । डायरी एक्सप्रेस साप्ताहिकबाट
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend