Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • त्रिभुवन विमानस्थलबाट ३१ लाख नगदसहित २ जना बंगलादेशी नागरिक पक्राउ


    बिहिबार, जेष्ठ २८ २०८३
    365
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकतिस लाख लाख नगदसहित दुई जना बंगलदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

    आज दिउसो एक बजे काठमाडौँबाट मलेसिया जान लागेका बंगलदेशी नागरिक मोहम्मद इन्ताज अलि र एमडी जाखिर हुसैनलाई ३१ लाख एकाउन्न हजार नगदसहित नियन्त्रणमा लिएको हो।

    उनीहरुलाई अन्तर्राष्ट्रिय उडानतर्फको हेन्ड ब्यागेज चेकिङ एरियाबाट नियन्त्रणमा लिएको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरिक्षक राज कुमार सिलवालले जानकारी दिए ।

    उनीहरुलाई चेकजाच गर्ने क्रममा नेपाली तथा बिदेशी नगद लुकाएर लैजान लागेको अवस्थामा नियन्त्रणमा लिएको उनले बताए ।

    उनीहरुलाई अहिले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान बिभाग पठाइएको जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार