Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • श्रीमतीको हत्या गरेको आरोपमा टिकटकर नेपाली ब्रो पक्राउ


    शनिबार, जेष्ठ २३ २०८३
    385
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । टिकटकमा ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापा श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । श्रीमती ईश्वरी भुजेलको हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    काठमाडौंको तारकेश्वर नगरपालिका-६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा ४२ वर्षीय थापाले आफ्नी ४२ वर्षीया श्रीमती भुजेलमाथि फलामको रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

    शुक्रबार राति १०:१० बजे रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो ।

    वास्तविक नाम कुमार रहेका उनी प्रो रेस्लर खेलाडी हुन्। तर पछिल्लो समय सामाजिक सञ्जालमा उनी ‘नेपाली ब्रो’को रुपमा परिचित थिए।

    आरोपी थापालाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार