काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहीबार सिंगापुरको विकास मोडलबारे गम्भीर छलफल तथा विचार–विमर्श गरिएको छ ।
काँग्रेसको नियमित नीतिगत तथा वैचारिक छलफल कार्यक्रम ‘ग्रीन टेवल’ अन्तर्गत आयोजित कार्यक्रममा सिंगापुरका प्रतिष्ठित आर्थिक एवं सार्वजनिक नीति विश्लेषक विद्वान लियोङ सी हियान प्रमुख वक्ताका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा पार्टी सभापति गगनकुमार थापा, केन्द्रीय सदस्यहरू, सांसदहरू तथा युवा र अध्ययनशील व्यक्तिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा हियानले सिङ्गापुरले आर्थिक रूपान्तरण, सुशासन, नवप्रवर्तन, सार्वजनिक सेवा प्रवाह तथा जनकल्याणका क्षेत्रमा हासिल गरेका सफल अभ्यासहरूबारे विस्तृत प्रस्तुति दिनुभयो । आर्थिक समृद्धि, प्रभावकारी शासन प्रणाली, संस्थागत विकास तथा नागरिक केन्द्रित नीतिनिर्माणका लागि सिङ्गापुरबाट नेपालले सिक्नसक्ने महत्वपूर्ण पाठहरूबारे विचार राख्नुभएको थियो ।
हियानले सिंगापुर आर्थिक रूपमा समृद्ध भएपनि केही सामाजिक सूचकहरूमा अझै चुनौतीहरू रहेको उल्लेख गर्दै विकासको अन्तिम उद्देश्य नागरिकलाई खुसी बनाउनु हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भ्रष्टाचारविरुद्धका कानुनको कडाइका साथ कार्यान्वयन, मेरिट प्रणालीको अवलम्बन, नवप्रवर्तनलाई प्रोत्साहन तथा दीर्घकालीन नीतिगत स्थिरताका कारण सिंगापुरले छोटो अवधिमै उल्लेखनीय आर्थिक प्रगति हासिल गर्न सफल भएको बताउनुभयो ।
नेपालको सन्दर्भमा सुझाव दिँदै उहाँले सुशासनका लागि कठोर र प्रतिबद्ध हुनुपर्ने, साथै कृत्रिम बुद्धिमत्ता (एआई), सूचना प्रविधि र नवप्रवर्तनमा केन्द्रित नीति अवलम्बन गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा सहभागीहरूले नेपालको वर्तमान अवस्था र विकासका चुनौतीसँग सम्बन्धित विभिन्न प्रश्नहरू राखेका थिए । हिएनले ती प्रश्नहरूको उत्तर नेपालकै सन्दर्भमा केन्द्रित भएर दिनुभएको थियो ।
कार्यक्रममा सभापति थापाले हियानलाई नेपाली ढाका टोपी, खादा तथा मायाको चिनो प्रदान गरी सम्मान गर्नुभएको थियो ।
हियानको प्रस्तुति र अन्तरक्रियापछि सभापति थापाले सुशासन नै समुन्नतिको प्रमुख आधार भएको उल्लेख गर्दै सिंगापुरको अनुभवबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताउनुभयो ।
उहाँले सिंगापुरका बारेमा विगतदेखि धेरै सुन्दै आएको भएपनि त्यहाँका विद्वानसँग प्रत्यक्ष संवादबाट थप उपयोगी जानकारी प्राप्त भएको उल्लेख गर्नुभयो । नेपालको नीति निर्माण, सुशासन र समृद्धिका लागि यस्तो छलफल मार्गदर्शक बन्न सक्ने उहाँको विश्वास थियो ।
सभापति थापाले वर्तमान सरकारको प्रमुख प्राथमिकता पनि सुशासन रहेको बताइँदै आएको स्मरण गराउँदै सुशासनको अभियानमा काँग्रेस सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो । तर सुशासनका लागि सरकारमा रहेका व्यक्तिहरूको व्यवहार र प्रतिबद्धतासमेत देखिनुपर्ने उहाँको भनाइ थियो ।
सरकारले गठन गरेको छानबिन समितिलाई काँग्रेसले सहयोग गर्ने उल्लेख गर्दै उहाँले समितिको काम निष्पक्ष र विश्वसनीय हुनुपर्ने धारणा राख्नुभयो ।
सिंगापुरमा शीर्ष नेतृत्व र राजनीतिक दलहरूले नै सुशासनको मानक स्थापित गरेकाले त्यहाँ सुशासनको वातावरण निर्माण भएको उदाहरण प्रस्तुत गर्दै थापाले नेपालमा पनि राज्य सञ्चालन गर्ने नेता र राजनीतिक दलहरू नै सुशासनप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend