काठमाडौँ । ललितपुर जिल्ला अदालतले टिकटकर तुलसा अधिकारी भनेर चिनिने तुलसी अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।
बिहीबार ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले प्राप्त प्रमाणका आधारमा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो।
सरकारी वकिलको तर्फबाट तीन जना जवाफी बहस गरेका छन् भने प्रतिवादी अधिकारीको तर्फबाट ८ जना कानुन व्यवसायीले बहस गरेका थिए।
प्रतिवादी अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरेर गत शनिबार राति काठमाडौँ ल्याइएको थियो। अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भएको छ।
एक जना व्यवसायीको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले उनी विरूद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार बिगो कायम गरी मुद्दा दायर गरेको थियो । यो मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी छन्।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend