काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतका तीन निकायमा कार्यकारी प्रमुख नियुक्ति हुन नसक्दा एक महिनादेखि रिक्त छन् । कार्यकारी प्रमुखको नियुक्ति नभएकाले ती निकायको कामकारबाहीमै असर परेको छ । तर सरकारले सबै मन्त्रालय अन्तर्गतका निकायमा खुल्ला प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्ने भन्दै विज्ञापन सूचना निकालेको छ । तर युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतका निकायको प्रमुख पदपूर्ति गर्न अहिलेसम्म सूचना निकालेको छैन ।
कतिपय मन्त्रालयअन्तर्गतका निकायमा भने खुल्ला प्रतिस्पर्धाबिना नै बिगतमा जस्तो गोजीबाट नाम निकालेर नियुक्ति गरिएको छ । मंगलबार सरकारले खुल्ला प्रतिस्पर्धाबिना नै भूमि समस्या समाधान समितिका अध्यक्ष र सदस्य नियुक्ति गरेको छ । भूमि समस्या समाधान समितिमा जस्तै युवा मन्त्रालय अन्तर्गतका यी निकायमा पनि सुटुक्क नियुक्तिको तयारी सरकारले गरेको आशंका गर्न थालिएको छ ।
गएको बैशाख १९ गते सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएपछि रिक्त भएका युवा तथा श्रम मन्त्रालय अन्तर्गतका सामाजिक सुरक्षा कोष, बैदेशिक रोजगार बोर्ड र राष्ट्रिय ब्यवसायिक प्रशिक्षण प्रतिष्ठानमा कार्यकारी प्रमुखको पदरिक्त छ ।
प्रतिष्ठानको कार्यकारी निर्देशक एक महिनादेखि निमित्तका रुपमा राजकुमार राईले सम्हालिरहेका छन् । ऐन कानुनको पालना गर्ने बाचापत्रसहित मत मागेको रास्वपा सरकारका युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले गठन आदेशबिपरीत प्रतिष्ठानमा उपसचिवलाई निमित्त दिएका छन् । नयाँ नियुक्ति नहुँदासम्म बैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकको जिम्मा मन्त्रालयले सहसचिव चन्द्रबहादुर शिवाकोटीलाई दिएको छ । सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकको जिम्मा पनि सहसचिव संगीता ओझालाई दिइएको छ ।
युवा, श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता सहसचिव पिताम्बर घिमिरेले नियुक्तिको लागि खुल्ला प्रतिस्पर्धाका लागि सूचना प्रकाशित नभएको बताए । उनले भने–‘नियुक्तिका बारेमा माथिल्लो तहमै छलफल भइरहेको हुनसक्छ ।’ किन ढिलाइ भयो भन्न आफूले नसक्ने बताउँदै घिमिरेले भने–‘तीनवटै निकायमा प्रमुख पद रिक्त भएको जानकारी छ, छिट्टै नियुक्ति होला ।’
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) शेरजंगबहादुर चन्द सरकारी सेवाका प्रावधानलाई नाघेर व्यापारिक कारोबारमा संलग्नमात्र छैनन्, कारोबारका सिलसिलामा मानिसहरुलाई भुक्तानी नदिने...
काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन गरी कानुनी राजमा खलल पुर्याउनेहरुलाई कारबाही गर्नका लागि स्थापित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालले एक विवादित नायबसुब्बाको...
वीरगञ्ज । लायन्स मल्टिपल डिस्ट्रिक्ट ३२५ का पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन तथा लायन डा. रमेशकुमार अग्रवालको लायन्स क्लब मिलेनियम एमजेएफबाट सदस्यता समाप्त गरिएको घटनाले...
काठमाडौं । देशको सम्पूर्ण ध्यान प्रलयकारी भोटेकोशीको बाढीतर्फ केन्द्रित छ । देशका सबै संयन्त्र बाढी प्रभावितहरुको उद्दार र राहतमा लागेका छन् । गृहमन्त्री सुधन...
काठमाडौं । गएको भदौ १० गतेको प्रलयकारी भोटेकोशी बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारले २५ लाख १० हजार रुपैयाँबराबरको राहत तथा सुविधा पाउने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend