Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रास्वपाले भूमि मिचेको कुरा गर्दा नेपालले धेरै भूभाग गुमाउनुपर्ने स्थितिमा पुर्यायो : हर्क साम्पाङ


    बुधबार, जेष्ठ २० २०८३
    340
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीले सीमाको रक्षा गर्नुपर्नेमा उल्टै भारतको भूमि नेपालले मिचेको भनेर झन् धेरै भूभाग गुमाउनुपर्ने स्थितिमा देशलाई पुर्याएको बताएका छन् ।

    सामाजिक संजालमा उनले लेखेका छन्–‘रास्वपा सरकारले सीमाको रक्षा गर्नु त परै जाओस् । नेपालले भारतको भूमि मिचेको कुरा गरेर झन धेरै भूभाग गुमाउनुपर्ने स्थितिमा देशलाई पुर्यायो । झोले भन्छन ‘दे ताली’ ।’

    प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा प्रश्नोत्तरको जवाफ दिने क्रममा नेपालले पनि भारतको भूभाग मिचेको भनेपछि देशभर रास्वपाको बिरोध भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार