महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिकामा गोली चलेको छ । चोरी गर्न घरभित्र प्रवेश गरेका लुटेरा समूहको प्रतिवाद गर्दा एक दम्पत्तिमाथि गोली प्रहार भएको छ । घटनामा पतिपत्नी दुवै जना घाइते भएका छन् ।
मंगलबार राति सोनमा गाउँपालिका–३ खखना दक्षिणबारी टोलमा ५–६ जनाको समूहमा आएका लुटेराहरूले स्थानीय २७ वर्षीय रामईश्वर यादवको घरमा प्रवेश गरी चोरी गर्ने प्रयास गरेका थिए ।
घरभित्र अपरिचित व्यक्तिहरू देखेपछि रामईश्वर यादव र उनकी २२ वर्षीया श्रीमती किरण यादवले प्रतिवाद गरेका थिए ।
प्रहरीका अनुसार प्रतिवादका क्रममा लुटेरा समूहले दम्पत्तिमाथि गोली प्रहार गरेको हो। गोली लागेर गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उद्धार गरी स्थानीय स्तरमा प्रारम्भिक उपचार गरिएको थियो ।
पछि थप उपचारका लागि उनीहरूलाई जनकपुरस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
घटनापछि पुगेको प्रहरी टोलीले घटनास्थलको निरीक्षण तथा खानतलासी गर्दा एक थान गोलीको खोका बरामद गरेको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान भने अझै खुल्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले फरार लुटेराहरूको खोजी कार्य तीव्र पारिएको जनाएको छ ।
काठमाडौं। सम्पत्ति शुदीकरणसम्बन्धी मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट्ले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ। न्यायाधीश शारङ्गा सुवेदी र शान्तिसिंह थापाको...
काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले बिदा तथा अनुमति नलिई कार्यस्थलमा अनुपस्थित रहेका सात जना सशस्त्र प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको...
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend